काठमाडौं । अर्थ मन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटमा ऊर्जा दोस्रो प्राथमिकतामा रहेको घोषणा गरेका छन् । आज संसदका दुवै सदनमा बजेट प्रस्तुत गर्ने क्रममा उनले यस्तो घोषणा गरेका हुन् ।
उनले भनेका छन्– कृषि, ऊर्जा र पर्यटन क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिइनेछ । साथै, जलवायु परिवर्तनको असरलाई न्यूनिकरण गर्ने गरी बजेट तथा कार्यक्रम परिचालन गरिने घोषणा गरिएको छ ।