विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । आफ्नो लगानीलाई नवीकरणीय ऊर्जा क्षेत्रमा लक्षित गर्दै आएको एनएमबी बैंक लिमिटेडले यसलाई अझ व्यापकरूपमा प्रवर्द्धन गर्न साढे ३ अर्ब रुपैयाँ बराबरको १५ वर्षे ‘ऊर्जा ऋणपत्र’ जारी गरेको छ । ऊर्जा विकासको सरकारी लक्ष्य हासिल गर्न सहयोगी हुने उदेश्यअनुसार पनि यस्तो ऋणपत्र जारी गरिएको हो ।

बैंकले बुधबार (हिजो) देखि एक हजार रुपैयाँ अंकित ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र जारी गरेकोे छ । ऊर्जा ऋणपत्र जारी भई संकलन भएको रकम ऊर्जा विकासमा लगानी गरिने बैंकका दिगो बैकिङ विभाग प्रमुख दिनेश दुलालले बताए । ‘ऊर्जा क्षेत्रमा लगानीको अनुभव हासिल गरेका वाणिज्य बैंकले ऊर्जा ऋणपत्र जारी गर्ने व्यवस्था छ’, उनले भने, ‘सोही प्रावधान अुनसार बैंकले हिजोदेखि ऋणपत्र जारी गरेको हो ।’

कूल जारी ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात २१ लाख कित्ता बैंक आफैले अन्य संघ संस्थालाई बिक्री गर्नेछ । बाँकी १४ लाख कित्ता मध्ये ५ प्रतिशत अर्थात ७० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ । बाँकी रहेको १३ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको छ ।

ऋणपत्रमा लगानीकर्ताहरूले वार्षिक ४ प्रतिशत व्याजदर प्राप्त गर्नेछन् । इच्छुक लगानीकर्ता वा ऋणपत्र खरिदकर्ताले छिटोमा बैशाख २५ गते र ढिलोमा जेठ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १४ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

बैंकले हालसम्म ४२ वटा जलविद्युत आयोजनामा लगानी सम्झौता गरिसकेको छ । सम्झौता गरी केही रकम कर्जा प्रवाह गरिसकेको भने बाँकी रकम प्रवाह गर्ने प्रक्रियामा रहेको बैंकले जनाएको छ । साथै, थप ५ आयोजनामा कर्जा लगानी गर्न सम्झौताको प्रक्रियामा रहेको छ । जलविद्युत सँगै २६ वटा नविकरणीय ऊर्जामा समेत लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३