काठमाडौं । नबिल बैंकले आकर्षक दशै अफर घोषणा गरेको छ । गत वर्षको अपार सफलतापछि यस वर्षपनि दशै अफर घोषणा गरेको हो ।
नेपालीहरुको महान चाड दशैंको अवसरमा असोज १ गते (शुक्रबार) देखि व्यक्तिगत मुद्दती खातामा ग्राहकलाई वार्षिक ९.२६ प्रतिशत (०.५ प्रतिशत प्रिमियम सहित) ब्याजदर प्रदान गर्ने घोषणा गरेको बैंकले जनाएको छ । बैंकका अनुसार योजना अन्तर्गत एक वर्ष भन्दा माथिको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई प्रदान गर्न लागिएको हो । नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खातामा उच्च ब्याजदर प्रदान गर्ने उदेश्य रहेको पनि बैंककले जनाएको छ ।
आफ्नो देशभर १३५ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सœजाल मार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिसकेको छ । एक उच्च प्रशिक्षित समुह र मजबुत र सुरक्षित बैंकिङ्ग प्रणालीको साथ ३७ वटा बैंकिङ्ग अनुभवको साथ, बैंकको ग्राहकहरुलाई मुल्य अभिवृद्घि गर्न उच्चसेवा वितरणको लागी लक्षित छ ।