विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा सञ्चालित लुङ्दीखोला–भेडावारी–दुलेपानी सिँचाइ आयोजना सम्झौता अवधिभन्दा ११ महिनाअगावै सम्पन्न भएको छ । सिँचाइ विकास डिभिजन कार्यालय पर्वतले १९ महिनामा निर्माण सम्पन्न गर्न २०८० भदौमा रु ९२ लाख ७७ हजारमा ठेक्का सम्झौता गरेको थियो । 

ठेक्का सम्झौता भएको आठ महिनामै काम सम्पन्न भएर सिँचाइ योजनामा पानी सञ्चालन गरिएको सिँचाइ नहर उपभोक्ता समितिका अध्यक्ष चक्रपाणि पौडेलले जानकारी दिए । निर्माण व्यवसायीको सक्रियता, उपभोक्ताको जागरुकता र कार्यालयका तर्फबाट नियमित रूपमा सुपरीवेक्षण भएकाले काम थालेको ८ महिनामै पानी सञ्चालन गर्न सफल भएको उनले बताए । सिँचाइ योजनाबाट यस क्षेत्रका करिब १०० घरधुरीको झण्डै १ हजार रोपनी खेतबारीमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ । 

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको योजना जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्वतले ठेक्कामार्फत कार्यान्वयन गरेको हो । भेडाबारीबाट एक हजार आठ सय मिटर टाढा रहेको ढल्केको टाकुरा नजिक रहेको लुङ्दीखोलाबाट पानी ल्याइएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका इन्जिनियर रामचन्द्र तिमिल्सिनाले बताए । उनका अनुसार मुहानमा इन्टेक, दुई स्थानमा क्रसिङ पुल र चारवटा वितरण च्याम्बर निर्माण गरी नहर विस्तार गरिएको छ ।

योजनामा कुलोको मुहानबाट भेडाबारीसम्म एक हजार आठ सय मिटर दूरीको पाइप लाइन जडान गरिएको छ । कमजोर भूभागका कारण नहर बनाउन असम्भव भएकाले पाइप लाइन जडान गर्दा सिँचाइ योजना दिगो हुने आशा गरिएको इन्जिनियर तिमिल्सिनाले बताए । योजनामा पानी सञ्चालनमा आए पनि केही काम बाँकी रहेको र बजेटको अभावमा निर्माण व्यवसायीलाई करिब रु ७० लाख भुक्तानी गर्न बाँकी रहेको उनले जानकारी दिए । 

विगत पाँच वर्षअघि मिलनचोक–सल्यना–घायखेत–धारापानी–ठोटनेरी सडक निर्माणका क्रममा पहिरोले क्षति पुर्याएपछि गण्डकी प्रदेश सरकारले चालु आवमा बजेट विनियोजन गरेर पुनःनिर्माण गरेको हो । सिँचाइ नहर पुरिएपछि यस क्षेत्रका किसानले अकाशे पानीका भरमा खेती गर्दै आएका थिए । तरकारी पकेट क्षेत्रसमेत रहेको यहाँ सिँचाइको अभावमा तरकारी उत्पादनमा समेत कमी आएको थियो । 

सिँचाइ योजना सम्पन्न भएसँगै भेडाबारी, दुलेपानी र लामाबगरका किसानहरू खेतमा सिँचाइ गर्न पाएपछि खुसी भएका छन् । सिँचाइ नहुँदा बाँझै भएको जमिनमा खनजोत गरेर बालीनाली लगाउन थालेको जलजला गाउँपालिका–७ का वडाध्यक्ष टुङ्गनाथ आचार्यले बताए । 

वैशाखमा सिँचाइ योजना सम्पन्न भएसँगै पानी सञ्चालनमा आएपछि किसानले खेतबारीमा सिँचाइ गरेर खेती गर्न थालेको आचार्यले बताए । वैशाख र जेठको खडेरीमा पनि पानी ल्याएर खेतबारीमा सिँचाइ गरेकाले खेतबारी हराभरा भएको उनले बताए । बाह्रै महिना सिँचाइ सुविधा पुगेपछि यस क्षेत्रमा तरकारी उत्पादनमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ । धाइरिङको सल्यान फाँटबाट बर्सेनि रु दुई करोडभन्दा बढीको तरकारी बिक्री हुने गरेको छ । 

सिँचाइ सुविधा नहुँदा तीन वर्षसम्म खेत बाँझै राख्नुभएका भेडाबारीका स्थानीयवासी लक्ष्मीप्रसाद आचार्यले यसपालि भने असारमै खेत रोप्ने तयारी गरेको बताए । योजना सम्पन्न भएपछि स्थानीय किसानलाई धान रोपाइँ गर्न आकाशे पानी कुर्नुपर्ने बाध्यता अन्त्य भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३