काठमाडौँ । मिडसोलु हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
चुक्ता पुँजी ७४ करोड ८४ लाख रूपैयाँ भएको यस कम्पनीले अंकित मूल्य १०० रूपैयाँमा १ कित्ता सेयर बराबर ०.६०२४ को अनुपातमा ४८ लाख ७९ हजार ७१९ कित्ता सेयर बिक्री गर्ने भएको छ ।
कम्पनीका विद्यमान सेयर धनीले असार २५ गतेदेखि साउन १३ गतेसम्म हकप्रदमा आवेदन दिनसक्नेछन् ।
कम्पनीले सोलुखुम्बुमा ९.५ मेगावाटको मध्य सोलु खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।