विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पवर्तकुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदीले आइतबार हस्ताक्षर गरे ।

इर्खुवा हाइड्रोले प्रतिसेयर एक सय रुपैयाँका दरले २८ लाख ५ हजार ७ सय ५० कित्ता बापतको २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको जनाइएको छ । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने पनि जनाइएको छ ।

कम्पनीले भोजपुरको इर्खुवा खोलामा १४.१५ मेगावाटको लोअर इर्खुवा खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । अहिलेसम्म आयोजनाको करिब ९५ प्रतिशत निर्माण पूरा भइसकेको छ । माछापुछ्रे बैंक लिमिटेडको अगुवाईमा नेपाल एसबिआई र ज्योति विकास बैंकले लगानी गर्ने रहेको आयोजनामा ३ बैंकबाट १ अर्ब ७२ करोड रुपैयाँ ऋण र प्रवर्द्धकहरूबाट ७१ करोड रुपैयाँ स्वपुँजी लगानी रहेको छ ।

स्वपुँजी लगानीकर्तामा नेशनल हाइड्रो पावर कम्पनी लिमिटेड मुख्य रहेको छ । आयोजनाबाट वार्षिक ७ करोड ५१ लाख युनिट बिजुली उत्पादन हुनेछ भने यसबाट वार्षिक ४३ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ ।

२ अर्ब ४१ करोड ३२ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनाबाट उत्पादित विद्युत् विद्युत्‌गृहदेखि विद्युत् प्राधिकरणको शीतलपाटी सबस्टेसनमा जोडिनेछ । कूल लागतको आधारमा आयोजना प्रतिमेगावाट १८.५० करोडमा पूरा हुने अनुमान गरिएको छ । आयोजनाको मुख्य प्रवर्द्धक नेशनल हाइड्रोले १८ वर्षदेखि सिन्धुपाल्चोकमा ७.५ मेगावाटको इन्द्रावती तेस्रो निर्माण गरी सञ्चालन गरिरहेको छ ।

नेशनल हाइड्रोले सिन्धुपाल्चोकमै ४.५ मेगावाटको तल्लो इन्द्रावतीको उत्पादन अनुमतिपत्र लिन पहल गरिरहेको कम्पनीले जनाएको छ । इन्द्रावती तेस्रो निर्माण गर्न बैंकहरूसँग लिएको ऋण भने कम्पनीले २०७४ सालमै चुक्ता गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३