विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ असार १०, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालले २ खर्ब ९६ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको छ । यस अवधिमा भएको कुल आयात १८ खर्ब ९४ अर्ब रुपैयाँको यो १५.६५ प्रतिशत हो । भन्सार विभागको तथ्याङ्क अनुसार डिजेल, पेट्रोल, खाना पकाउने ग्यास (एलपिजी) र हवाई इन्धन गरी उक्त रकम बराबरको पेट्रोलियम आयात भएको हो । 

 तीमध्ये सबैभन्दा बढी अर्थात २ खर्ब ७२ अर्ब रुपैयाँ डिजेल, पेट्रोल र एलपिजीको आयातमा बाहिरिएको छ । नेपालले डिजेलको आयातमा सबैभन्दा बढी १ खर्ब ५२ अर्ब रुपैयाँ खर्चिएको छ । समीक्षा अवधिमा १२ लाख ६४ हजार किलोलिटरभन्दा बढी डिजेल आयात गरिएको तथ्याङ्क छ । 

त्यस्तै, दोस्रो स्थानमा पेट्रोलको आयात रहेको छ । यस अवधिमा नेपालले ६८ अर्ब १७ करोड रुपैयाँ बराबरको ६ लाख ८५ हजार किलोलिटर पेट्रोल आयात गरेको छ । 

तेस्रो बढी आयात भने एलपिजीको रहेको छ । समीक्षा अवधिमा ५२ अर्ब २१ करोड रुपैयाँ बराबरको ४७ करोड ५९ लाख किलोग्राम खाना पकाउने ग्यास आयात भएको छ ।

गत आर्थिक वर्षको यही अवधि (पहिलो ११ महिना) मा जम्मा २ खर्ब ३० अर्ब ९४ करोड रुपैयाँको पेट्रोलियम आयात भएको थियो । उक्त वर्ष १ खर्ब १५ अर्ब रुपैयाँ बराबरको डिजेल, ५८ अर्ब ५८ करोड रुपैयाँ बराबरको पेट्रोल र ५७ अर्ब ३६ करोड रुपैयाँ बराबरको खाना एलपिजी आयात गरिएको थियो ।

समग्रमा, चालु आवको समीक्षा अवधिमा नेपालको व्यापार घाटा १५ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ । कुल आयात १५.१६ प्रतिशतले बढेर १८ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ भने निर्यात १२.२८ प्रतिशतले बढेर २ खर्ब ७७ अर्ब रुपैयाँ रुपैयाँ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३