images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । राज्य तथा सरकारी संयन्त्रले इन्जिनियरिङ क्षेत्रको उचित कदर नगर्दा पूर्वाधार क्षेत्रमा गुणस्तरीय काम हुन नसकेको विज्ञहरूले औंल्याएका छन् । राजनीति र व्यवस्थापनमा मत्र जोड दिने तर इन्जिनियरिङतर्फको पाटोमा आवश्यक लगानी हुन नसक्दा निर्माणका क्षेत्रको अवस्था खस्किँदै गएको औंल्याइएको हो ।

सोमबार (जेठ ९ गते) हिमालयन ह्वाइट हाउस कलेजमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थी र पूर्वप्रशासकबीच भएको अन्तरक्रियात्मक कार्यक्रममा इन्जिनियर तथा इन्जिनियरिङ पेशाको मर्यादाका विषयमा विमर्श गरिएको थियो । कार्यक्रममा पूर्वसचिव सुमनप्रसाद शर्माले राज्यले इन्जिनियरिङ क्षेत्रको उचित कदर नगरेको बताए ।

‘हामीमा विकासको उत्कट अभिलाषा छ तर जनशक्ति छैन, सरकारले यसमा लगानी नै गर्दैन वा खर्च गर्ने आवश्यकता नै ठान्दैन,’ उनले भने, ‘सरकारी सेवामा पुगेका हामीहरू पनि एउटा सफल र योग्य इन्जिनियर भएकोमा गर्व गर्दैनौं । कुनै संस्था वा परियोजनाको हाकिम हुनुमा सफल भएको ठान्छौं ।’

राजनीति दबाब, व्यवस्थापन तथा प्रशासन क्षेत्रले सधैं महत्त्व पाउँदा इन्जिनियरिङ क्षेत्र ओझेलमा परेको शर्माको दुःखेसो थियो । ‘विकसित देशहरूमा इन्जिनियरहरूलाई पटक–पटक तालिम दिइन्छ, सिकाइन्छ, जनशक्तिमा खर्च गरिन्छ,’ उनले थपे, ‘हामीले क्षमता विकासमा ध्यान नदिँदा हाम्रा पूर्वाधारहरू कमजोर भएर गएका छन् ।’

यसैगरी, लामो समयदेखि अष्टे«लियामा अनुसन्धानरत इन्जिनियर केशव शर्माले इन्जिनियरिङ क्षेत्रलाई सफल वा असफल हुने दुई वटा छुटमात्र रहेको बताए । ‘प्रभावकारी काम हुँदा शतप्रतिशत सफल भएको मानिने यो क्षेत्रको निर्माणमा केही कमजोरी भयो भने ५० प्रतिशत काम सफल भयो भन्न सकिँदैन,’ उनले भने, ‘काठमाडौं उपत्यका तथा देशका विभिन्न ठाउँमा निर्माण भइरहेका पूर्वाधार संरचना कमजोर हुनुमा हाम्रो प्राथमिकताको उपज हो ।’

इन्जिनियरिङ क्षेत्र कमजोर हुनुमा राज्यको ध्यान नपुग्नु र यो क्षेत्रलाई सामान्यरूपमा लिनु नै रहेको उनको तर्क थियो । देशका विभिन्न क्षेत्रमा निर्माण भइरहेका पूर्वाधार संरचना कमजोर हुनुमा अतिराजनीतिक हाबी हुनु पहिलो कारण रहेको उनको भनाइ थियो ।

यस्तै, नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष डा. नवराज खतिवडाले हरेक पूर्वाधार आयोजनामा राजनीति हाबी हुनु नै देशको दुर्भाग्य रहेको बताए । ‘राजनीति हाबी भइरहे पनि इन्जिनियर तथा अध्ययन अनुसन्धानरत विद्यार्थीहरूले लगनशीलता र निरन्तरतालाई ध्यान दिनुपर्छ,’ उनले भने, ‘हामीले परियोजना निर्माण क्षेत्रमा गएर व्यवहारिक ज्ञान हासिल गर्नुपर्छ, आफूलाई योग्य एवम् सशक्त बनाउन प्रयास गर्नुपर्छ तबमात्र यसले गुणस्तरीय निर्माणको जग बसाल्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit