विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रौतहटमा विद्युत चुहावट नियन्त्रण अभियानका क्रममा चोरी हुकिङ हटाउन गएका नेपाल विद्युत प्राधिकरणका कर्मचारीमाथि स्थानीयले आक्रमण गरेका छन् । दिउँसोको समयमा चोरी चुहावट भइरहेको स्थानमा पुगेका प्राधिकरण गौर वितरण केन्द्रका कर्मचारीमाथि भौतिक आक्रमण भएको हो ।

चुहावट नियन्त्रणमा गएका कर्मचारीलाई मरणासन्न हुने गरी कुटपिट गरेको गौर एकाई समितिले जनाएको छ । राजदेवी नगरपालिका वडा नम्बर ७ का मुडवलवामा विद्युत चुहावट गरी हास फार्ममा बत्ती बालीरहेको अवस्थामा कर्मचारीले चेकजाँच गरीरहेको बेला ज्यान जाने गरी आक्रमण भएको हो । 

फार्मभित्रका मानिसले चुहावट नियन्त्रण गर्न सामूहिकरूपमा खटिएका प्राधिकरण कर्मचारीमाथि दिउँसो २ बजे भौतिक आक्रमण गरेका हुन् । कुटपिटबाट घाइते हुनेमा प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको एकाई अध्यक्ष सदिप कुमार सिह, सचिव प्रभुनाथ बैठा तथा प्राधिकरण कर्मचारी संघको एकाई समिति सदस्य धमेन्द्र पासवाल, प्राधिकरण कर्मचारी परिषद एकाई सदस्य शैलेन्द्र प्रसाद सिंह र दैनिक ज्यालादारी कार्यरत सवारी चालक गेग प्रसाद यादव रहेका छन् । 

कर्मचारीमाथि भौतिक आक्रमण गर्नेलाई कारबाही गर्न सम्बन्धित निकायसँग अनुरोध गरिएको छ । कारबाही नभएमा चरणबद्व रुपमा कार्यालय तालाबन्दी गर्ने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३