विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काडमाडौं । करिब एक दर्जन प्रसारण लाइन आयोजनाको अध्ययनको काम सकिएको छ । निर्माण सम्पन्न भएका, निर्माणाधीन र निर्माणमा जाने आयोजनाको विद्युत प्रवाह गर्ने उदेश्यले सरकार तथा निजी क्षेत्रले प्रसारण लाइन आयोजनाको निर्माण गर्न अध्ययन सकाएका हुन् ।

विद्युत विकास विभागका अनुसार विभिन्न जिल्लाको विद्युत प्रणालीमा जोड्नका लागि सरकार र निजी क्षेत्रले ११ प्रसारण लाइनको अध्ययन सकाएका छन् । अध्ययन पूरा भएको आयोजनाले निर्माण अनुमतिका लागि विभागमा आवेदन दिएका छन् ।

आवेदन दिएका लाइनमध्ये सबैभन्दा ठुलो २२० केभी क्षमताका एक आयोजना छ । यस्तै, १३२ केभी क्षमताका ४ र ३३ केभी क्षमताका ६ आयोजना छन् ।
सबैभन्दा ठुलो क्षमताका २२० केभीकाे सुपर त्रिशुली प्रसारण लाइनले निर्माण अनुमतिका लागि विभागमा आवेदन दिएको छ । यो आयोजना सुपर त्रिशुलीको स्यूचयार्डदेखि भरतपुर सबस्टेसनसम्म ३० किलोमिटर लामो छ ।

यो आयोजना ब्लू इनर्जीले अध्ययन पूरा गरेर निर्माण अनुमतिका लागि २०७६ भदौ २० गते आवेदन दिएको थियो । आवेदन दिएको करिब ३ वर्षसम्म पनि कम्पनीले अनुमति नपाएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

नेपाल विद्युत प्राधिरणले १३२ केभी क्षमताका ३ प्रसारण लाइन अघि बढाउन अनुमतिका लागि आवेदन दिएको छ । प्राधिकरणले कालिगण्डकी–रिडी अघि बढाउन २०७८ मंसिर १५ गते, ढल्केबर–बालगंगा निर्माण गर्न गत माघ ४ गते र भुहमी–हकई निर्माण गर्न गत माघ १० गते आवेदन दिएको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै, १३२ केभी क्षमताकै नार्माजुन मादी हिमालयन हाइड्रो पावरले निर्माण गर्न गत पुस १८ गते आवेदन दिएको छ । ३३ केभी क्षमताको गेलुङ खोला, अप्पर गड्डी, पुवा–२, घार खोला, झापा सोलार, रातोढुङ्गा अप्पर म्याग्दी–१ जलविद्युत आयोजनाको विद्युत जोड्न लाइन निर्माण अनुमतिका लागि आवेदन परेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit