विद्युत अपडेट

  • प्राधिकरण : ७१६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३९६५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११६९९ मे.वा.घन्टा
  • आयात : १२५३९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७९२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९१३ मे.वा.
२०८१ चैत २४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको छ । सोमबार (चैत ११ गते) साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले घिसिङको ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । घिसिङ दोस्रो पटक २०७८ साल साउन २५ गते उक्त जिम्मेवारीमा आएका थिए । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले कार्यकारी निर्देशक रहेका शाक्यलाई हटाएर घिसिङलाई दोस्रो पटक उक्त जिम्मेवारी दिएको थियो ।

सरकारलाई पटक–पटक असहयोग गर्दै आएको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङलाई स्पष्टीकरण सोधेको थियो ।

प्राधिकरणमा वरिष्ठताका आधारमा कामु–कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिरहेका शाक्यलाई तत्कालीन मन्त्रीपरिषद्को २०७७ साल माघ २६ गते (सोमबार) बसेको बैठकले बढीमा ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । केपी शर्मा ओलीकै सरकार रहँदा नियुक्ति भएका उनी ६ महिना नपुग्दै सत्ता समीकरणको शिकार बन्न पुगेका थिए ।

२०७३ साल भदौ २९ गते कार्यकारी निर्देशक नियुक्ति भएका घिसिङ २०७७ भदौ २८ गते पहिलो कार्यकाल पूरा गरी बाहिरिएका थिए । २०७७ सालमा शाक्यलाई हटाएर देउवा नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको दबाबमा घिसिङलाई नै पुनः नियुक्त गरेको थियो । शाक्यले सरकारको निर्णयमा असहमति जनाए । ‘आफू कार्यकारी निर्देशकमै रहेर काम गर्न पाऊँ’ भन्दै २०७८ साल साउन ३२ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनको मुद्दा ३२ पटकसम्म पेशी सरेको थियो । रिटमा सुनुवाइका निम्ति १३ पटक इजलास बस्यो तर निर्णय नभई उनी प्राधिकरणबाट अवकाश भएका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३