विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उच्च क्षमताका ३४ वटा नयाँ सबस्टेसन निर्माण गर्ने भएको छ । विद्युतको प्रसारण प्रणाली सुधार तथा गुणस्तरीय विद्युत सेवा दिन विभिन्न प्रसारण लाइन आयोजना अन्तर्गत नयाँ सबस्टेसन निर्माण गर्न लागिएको हो ।

विद्युत प्राधिकरण प्रसारण निर्देशनालय अन्तर्गत १७ वटा नयाँ सबस्टेसन आयोजना अघि बढेका छन् ।  जसमा एउटा ४०० केभी क्षमताको एउटा सबस्टेसन निर्माणको प्रस्ताव गरिएको छ । ४०० केभी भेरी कोरिडोर प्रसारण लाइन अन्तर्गत बाफिकोट ४००/१३२ केभी सबसटेसन निर्माणको प्रस्ताव गरिएको प्राधिकरणले जनाएको छ ।

निर्देशनालय अन्तर्गत २२० केभी क्षमताका ५ वटा सबस्टेसन निर्माणको योजना छ । प्राधिकरणका अनुसार २२० केभी लेखनाथ–दमौली प्रसारण लाइन अन्तर्गत लेखनाथ र दमौलीमा गरी २ वटा सबस्टेसन निर्माण गर्न प्रस्ताव गरिएको छ ।

कोसी कोरिडोरको सहायक तुम्लिङटार–शीतलपाटी प्रसारण लाइन अन्तर्गत शीतलपाटीमा पनि २२० केभी सबस्टेसन निर्माणको प्रस्ताव गरिएको छ । सुनसरीको धरानमा २२०/३३ केभी सबस्टेसन निर्माण गर्न अध्ययन भइरहेको छ ।

यस्तै, धौवडी–फलामखानी प्रसारण लाइन आयोजना अन्तर्गत धौवडीमा २२०/१३२ केभी सबस्टेसन निर्माणका लागि प्रस्ताव गरिएको छ । बाँकी ११ वटा १३२ केभी क्षमताका सबस्टेसन आयोजना छन् । १३२ केभी क्षमताका पाङटाङ (बलेफी), रिडी, सलिमपुर, बालगंगा, हाकुई, अनारमनी, हर्निया, बिरौटा, सुखीपुर, बोडेबर्साईं, सुखदेवचौर सबस्टेसन निर्माणमा जान लागेका नयाँ सबस्टेसन हुन् ।

यस्तै, प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत १७ वटा उच्च क्षमताका सबस्टेसन निर्माणको काम प्राधिकणले अघि बढाउँदैछ । यो निर्देशनालय अन्तर्गत निर्माण प्रस्ताव गरिएका यी सबस्टेसनमा ९ वटा ४००/२२० केभी क्षमताका छन् ।

न्यू बुटवल–लमही–कोहलपुर–न्यू लम्की–न्यू अत्तरिया ४०० केभी प्रसारण लाइन अन्तर्गत लमही, कोहलपुर र अत्तरियामा गरी २ वटा सबस्टेसन निर्माण हुँदैछन् । तिङ्ला हब–लिखु हब–न्यू खिम्ती प्रसारण लाइन आयोजना अन्तर्गत लिखु हब सबस्टेसन निर्माणको प्रस्ताव गरिएको प्राधिकरणले जनाएको छ ।

न्यू खिम्ती–तामाकोसी–३, सुनकोसी हब–ढल्केबर ४०० केभी प्रसारण लाइन अन्तर्गत सुनकोसी हब सबस्टेसन निर्माण हुने भएको छ । बूढीगण्डकी कोरिडोर प्रसारण लाइन अन्तर्गत पनि फिलिम र गुम्दामा गरी २ सबस्टेसन निर्माण हुने भएका छन् । दमौली–कुस्मा–बुर्तिबाङ–बान्फिकोट प्रसारण लाइन अन्तर्गत कुस्मा, बुर्तिबाङ र बान्फिकोटमा गरी ३ सबस्टेसन निर्माणको प्रस्ताव गरिएको छ ।

नेपालगन्ज, मुलपानी, दुम्कीबास, कालीकोट, जुम्ला, काभ्रे र रामेछाप गरी ६ वटा १३२ केभी सबस्टेसन निर्माणको प्रक्रिया यो निर्देशनालय मातहतमा अघि बढेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit