विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु पार्कमा निर्माण गरिएको भूमिगत जल प्रवाह (ग्राउण्डवाटर रिचार्ज) प्रणाली काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सिआइयुडी) को प्राविधिक सहयोग र बोटलर्स नेपाल तराई लिमिटेडको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त परियोजना मंगलबार एक कार्यक्रमका बीच महानगरकी उपमेयर सुनिता डंगोललाई हस्तान्तरण गरिएको हो । कोका–कोला बेभरेज नेपाल, सिआइयुडी र वाटरएड नेपालले संयुक्त रुपमा उममेयर डंगोललाई उक्त परियोजना हस्तान्तरण गरेका हुन् । 

सन् २०२३ को अक्टोबरमा औपचारिक रूपमा सुरु भएको उक्त परियोजना माघ ५ गते निर्माण पूरा भएको थियो । उक्त रिचार्ज प्रणालीमा २१ वटा फिल्टर चेम्बर, २१ वटा रिचार्ज इनार, दुई डिस्टिलिङ चेम्बर, ७५ फिटको रिचार्ज ट्रेन्च र सात बाँसको चेक ड्यामहरू निर्माण गरिएका छन् ।  यस प्रणालीले वार्षिक ३० हजार किलो लिटर पानी रिचार्ज गरी यस क्षेत्रको जमिनमुनिको पानी (ग्राउण्ड वाटर) को मात्रा बढाउन मद्दत गर्ने अनुमान गरिएको छ । यी रिचार्ज संरचनाहरू ‘ग्राउन्डवाटर रिचार्ज इन बालाजु पार्क एरिया इन द काठमाडौँ मेट्रोपोलिटन सिटीः एड्रेसिङ इन्क्रिज्ड अर्बन वाटर डिमाण्ड’ नामक परियोजनाका मुख्य उपलब्धिका रूपमा रहेका छन् । 

बालाजु पार्क क्षेत्रको पानीको मात्रालाई कायम राख्दै त्यहाँका ढुङ्गेधारा, प्रसिद्ध बाइस धारा र सामुदायिक इनारको स्रोतलाई पुनर्जीवित गर्नु परियोजनाको मुख्य उद्देश्य रहेको निर्माण संस्थाहरूले जनएका छन् । साथै पानीको चरम अभाव सामना गर्न आवश्यक पर्ने यस्ता पहलका लागि अन्य समुदाय र स्थानीय निकायलाई जिम्मेवार बनाउने समेत अपेक्षा गरिएको छ ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपमेयर डंगोलले काठमाडौँ जस्ता सहरका लागि कृत्रिम ग्राउण्डवाटर रिचार्ज अत्यावश्यक भएकाले आगामी दिनमा पनि यस्तै किसिमका रचनात्मक रिचार्ज पहलहरू कायम राख्ने प्रतिबद्धता व्यक्त गरिन् । काठमाडौँ जस्तो सहरमा ग्राउण्डवाटर रिचार्ज अत्यावश्यक भएको तर भवन र सडक निर्माणका कारण प्राकृतिक रिचार्ज जोनहरूमा पनि हाल पानीको मात्रा घट्दै गएको उनले बताइन् ।  

काठमाडौँ उपत्यकाका बासिन्दाका लागि पहिलेदेखि नै खानेपानीको प्रमुख स्रोत भनेको ग्राउण्ड वाटर नै हो । ढुङ्गेधारा, इनार र कुवाहरू मुख्य पानीका श्रोत हुन् तर पछिल्लो दुई दशकदेखि चलेको भूमिगत जलको अत्यधीक दोहन, अव्यवस्थित भवन र सडक निर्माणले उपत्यकाको ग्राउण्डवाटरको मुहानलाई प्रभावित गरेको छ । वर्षाको प्रवृत्तिमा भएको परिवर्तन तथा छोटो अवधिमा नै हुने व्यापक वर्षाले भूमिगत जल प्रवाहको प्राकृतिक प्रक्रियामा पनि केही प्रभाव पारेको देखिएको विज्ञहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit