काठमाडौँ । हरेक साताकाे शुक्रबार ऊर्जा खबरले प्रकाशन गर्दै आएको ज्ञानवर्द्धक स्तम्भ ‘ऊर्जा ज्ञान’ अन्तर्गत यो साता हामीले विद्युत् प्रसारण लाइनमा प्रयोग गरिने इन्सुलेटरको विषयमा जानकारी दिने प्रयास गरेका छौँ । अघिल्लो साता विद्युत् केबल, यसका प्रकार र प्रयोगबारे जानकारी प्रस्तुत गरेका थियौँ ।
१. इन्सुलेटर भनेको के हो ?
उत्तर : इन्सुलेटर एक यस्तो सामग्री हो, जसले विद्युत् प्रवाहलाई प्रतिरोध गर्छ । अप्रत्याशित स्थानमा विद्युत् प्रवाह हुनबाट रोक्न, सुरक्षा सुनिश्चित गर्न र विद्युत् प्रणालीको प्रभावकारी सञ्चालनका लागि यसको प्रयोग गरिन्छ । इन्सुलेटरहरूको प्रतिरोध धेरै उच्च हुन्छ, जसले विद्युत् कणहरूको गमनलाई रोक्न मद्दत गर्छ । इन्सुलेटरको काम करेन्ट चुहावट हुन नदिनु हो ।
२. इन्सुलेटर कति प्रकारका हुन्छन् ?
उत्तर : बहुप्रचलित इन्सुलेटर देहायअनुसारका छन् :
(१) स्याकल इन्सुलेटर : यो ४००/२३० किलोभोल्टको लाइनमा प्रयोग गरिन्छ ।
(२) पिन इन्सुलेटर : साधारणतया यो ३ प्रकारको हुन्छ : ४०० भोल्ट, ११ केभी र अर्को ३३ केभी । ४०० भोल्टको अलि सानो हुन्छ भने ११ केभी र ३३ केभीको अलि ठूलो हुन्छ । यो पिन इन्सुलेटरलाई सस्पेन्सन पोलमा मात्र प्रयोग गरिन्छ । ६६ केभी लाइनका लागि पनि पिन इन्सुलेटर हुन्छ । उदाहरणका लागि बालाजु–लैनचौर ६६ केभी लाइनलाई लिन सकिन्छ तर यस्तो ६६ केभी पिन इन्सुलेटरको प्रयोग सीमित रूपमा खास गरेर ग्राउन्ड क्लियरेन्स बढाउन प्रयोग गरिन्छ ।
(३) डिस्स इन्सुलेटर : यसको नामैबाट प्रष्ट हुन्छ कि यो डिस्क जस्तै साधारणतया २५ सेन्टिमिटर डायमिटर भएको गोलो–चेप्टो हुन्छ । ११ केभी लाइनमा साधारणतया एउटा र ३३ केभी लाइनमा ३ वटा टेन्सन पोलमा प्रयोग गरिन्छ तर यो सस्पेन्सन पोलमा पनि प्रयोग गर्न सकिन्छ । ११ केभी लाइनमा एउटा डिस्क इन्सुलेटरको साटो २ वटा प्रयोग गर्नु राम्रो हो किनभने केही कारणले एउटाको इन्सुलेसनले काम गरेन भने अर्कोले काम दिई सप्लाई अवरोध हुन पाउँदैन । इन्सुलेटरहरू अन्य इन्सुलेटेड मेटेरियल (जस्तै पोलिमर) बाट पनि बन्न सक्दछ तर बहुप्रचलित भने पोरसिलिनले बनेको इन्सुलेटर नै हो ।
(४) गलास डिक्स इन्सुलेटर : यसको आकार पोरसिलिन डिस्क इन्सुलेटर जस्तै हो । यो पोरसिलिन इन्सुलेटर जस्तो चर्किएको अवस्थामा बस्दैन, ग्लास फुटेर झर्ने हुनाले टाढैबाट फुटेको डिस्क इन्सुलेटर पहिचान गर्न सकिन्छ । मस्र्याङ्दी–काठमाडौँबीचको १३२ केभी लाइनमा र बालाजु (रिङ रोड) भएर गएको ६६ केभी लाइनमा पनि ग्लासले बनेको डिस्क इन्सुलेटर प्रयोग गरिएको छ ।
(५) पोलिमर इन्सुलेटर : यसलाई तेस्रो पुस्ताको इन्सुलेटर भने पनि हुन्छ । यसभन्दा अघिको पोरसिलिन र ग्लास इन्सुलेटर अहिले पनि व्यापक रूपमा प्रयोग भइरहेको छ । उदाहरणका लागि ढल्केबर–मुजफ्फरपुर (भारत) ४०० केभी लाइन वा खिम्ती ढल्केवर २२० केभी लाइनलाई लिन सकिन्छ, जहाँ पोरसिलिन डिस्क इन्सुलेटर नै प्रयोगमा ल्याइएको छ । वितरण लाइनमा पनि यसको प्रयोग हुन थालेको छ । डिस्क इन्सुलेटर एउटा फुट्यो भने पनि त्यसलाई मात्र पनि बदली गर्न सकिन्छ, तर पोलिमर इन्सुलेटरमा भने केही बिग्रियो भने पुरै गुच्छालाई फेरिदिनु पर्छ ।
बहु–वैकल्पिक प्रश्नोत्तर
(१) इन्सुलेटरको मुख्य काम के हो ?
(क) तारलाई सर्पोट गर्ने
(ख) भोल्टेज फ्लास ओभर हुनबाट रोक्ने
(ग) करेन्ट लिक हुन नदिने
(घ) माथिका सबै
उत्तरः माथिका सबै
(२) स्याकल इन्सुलेटर साधारणतया कति भोल्टको लाइनमा प्रयोग गरिन्छ ?
(क) ११ केभी
(ख) ३३ केभी
(ग) ६६ केभी
(घ) ४००/२३० भोल्ट
उत्तरः ४००/२३० केभी
(३) सबभन्दा हलुको इन्सुलेटर केबाट बनाइएको हुन्छ ?
(क) सिलिकन रबर
(ख) ग्लास
(ग) पोरसिलिन
(घ) (ख) र (ग) दुवै
उत्तरः सिलिकन रबर
(४) २२० केभी लाइनमा कतिवटा डिस्क इन्सुलेटर जडान गरिएको हुन्छ ?
(क) ५–६
(ख) १०–१२
(ग) २२–२३
(घ) १६–१७
उत्तरः १६–१७
(५) तलका मध्ये कुन इन्सुलेटिङ सामाग्री हो ?
(क) आल्मुनियम
(ख) पेपर
(ग) एक्सएलपीई
(घ) (क) र (ख) दुवै
उत्तरः (क) र (ख) दुवै
(६) इन्सुलेटर चर्केको/बिग्रको छ छैन भनी कुन उपकरणको प्रयोग गरेर थाहा पाउन सकिन्छ ?
(क) मल्टिमिटर
(ख) एमिटर
(ग) मेगर/इन्सुलेसन टेस्टर
(घ) भोल्टमिटर
उत्तरः मेगर/इन्सुलेसन टेस्टर
(७) इन्सुलेटर बनाउन कुन वस्तु प्रयोग गरिन्छ ?
(क) कार्बन
(ख) पोरसिलिन
(ग) ग्लास, पोलिमर
(घ) (ख) र (ग) दुवै
उत्तरः (ख) र (ग) दुवै