विद्युत अपडेट

  • प्राधिकरण : ९०८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७७२० मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६१७० मे.वा.घन्टा
  • आयात : २५८ मे.वा.घन्टा
  • निर्यात : २०९१२ मे.वा.घन्टा
  • ट्रिपिङ : १०० मे.वा.घन्टा
  • ऊर्जा माग : ७३३३० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६९ मे.वा.
२०८३ भदौ ९, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । पियोर इनर्जी लिमिटेडले २० मेगावाटको सौर्य आयोजनाको विद्युत प्रवाह हुने ३३ केभी डबल सर्किट प्रसारण लाइन ७ महिना भित्र सम्पन्न गर्ने भएको छ । कम्पनीले उक्त क्षमताको विद्युत प्रवाह हुने करिब १५ किलाेमिटर लामाे प्रसारण लाइनकाे काम २०८० जेठभित्र सम्पन्न गर्ने भएकाे हाे ।

लुम्बिनी प्रदेश अन्तर्गत बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर ८ मा निर्माणाधीन १० मेगावाटको बाँके ब्लक–२ को स्वीचयार्ड देखि सोही गाउँपालिकामा प्रस्तावित १० मेगावाटको रनियापुर ब्लक–१ को स्वीचयार्ड हुँदै नेपाल विद्युत प्राधिकरणको काेहलपुर सबस्टेसनसम्मको १५.४९५ किलोमिटर लामो लाइन निर्माण गर्न लागेको कम्पनीले जनाएको छ ।

अध्ययन पुरा भएको आयोजनाको अनुमतिका लागि विभागमा आवेदन दिएको छ । विभागले निर्माण अनुमतिका लागि ३५ दिने सूचना जारी गर्दै अनुमतिपत्र दिनु अघि प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सरोकारवालासँग राय/सुझाव मागेको छ । 

प्रसारण लाइन निर्माण गर्दा ३४३ वटा पोल जडान गरिनेछ । एक पोल देखि अर्को पोल सम्मको अधित्तम दुरी ८२ मिटर तथा न्यूनत्तम दुरी १४ मिटर हुनेछ । जमिनको सतहबाट पोलको औसत उचाई ११/१३ मिटर हुनेछ ।

आयोजना निर्माणको लागि ११.०५३१ हेक्टर जग्गा आवश्यक पर्ने अध्ययनले देखाएको छ । जस मध्ये ०.१९२५ हेक्टर स्थायी रुपमा पोल फाउनडेसन निर्माण गरिनेछ र बाँकी १०.८६०६ हेक्टर जमिन अस्थायी रुपमा विद्युत मार्गको अधिकार क्षेत्रको लागि प्रयोग गरिनेछ । 

लाइन निर्माणको काम ७ महिनाभित्र निर्माण गर्ने लक्ष्य छ । प्रसारण लाइन निर्माण गर्दा भू–क्षय, बाढी, वायु प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखनीय प्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३