काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको हकप्रद सेयर आवेदन दिने मंगलबार (भोली) अन्तिम दिन रहेको छ । कम्पनीले संस्थापक तथा आफ्ना सेयरधनी सदस्यलाई खुल्ला गरेको सेयर आवेदन अवधि सकिन लागेको हो ।
सय रुपैयाँ अंकित ९५ लाख २५ हजार ७ सय ६० कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हाल कायम चुक्ता पूँजीको १ बराबर १.४७ को अनुपातमा सेयर निष्कासन गरिएको हो ।
कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिानाथ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको लमजुङमा ४.४ मेगावाटको राधी स्मल जलविद्युत आयोजना सञ्चालनमा छ । यो आयोजनाले २०७१ जेठ ३१ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।
कम्पनीले विगत वर्षहरुदेखि नै सेयरधनीहरुलाई बोनस, सेयर, नगद लाभांशा प्रतिफल दिँदै आएको छ । अहिले दोस्रो बजारमा कमपनीको सेयर किनबेचलाई आकर्षणको रुपमा हेर्ने गरिएको छ ।