काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले पदभार ग्रहण गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा नियुक्तिपत्र बुझी सपथ ग्रहण गरेपछि उनले प्राधिकरण पुगेर पदभार ग्रहण गरेका हुन् ।
आइतबार (२०८२ असोज ५ गते) साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । सोमबार घटस्थापनाको बिदा परेकोले मंगलबार मात्र उनले नियुक्तिपत्र पाएका हुन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले मंगलबार नै कार्यकारी निर्देशक सिलवाललाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।
यो पनि पढ्नुहोस् – प्राधिकरणको कार्यकारी निर्देशकमा सिलवाल, शाक्य जल तथा ऊर्जा आयोगमा सरुवा