विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नबिल बैंक लिमिटेड दुई अवार्डद्वारा सम्मानित भएको छ । कम्बोडियामा असोज ४ गते (२० सेप्टेम्बर) मा सम्पन्न भएको ग्लोबल एसएमई फाइनान्स अवार्डमा ‘एसएमई फाइनान्सीयर अफ दि इयर, एसिया’ र ‘प्रोडक्ट इनोभेसन अफ दि इयर २०२२’ अवार्डबाट सम्मानित भएको हो । 

अघिल्लो आर्थिक पनि बैंकले ‘एसएमई फाइनान्सीयर अफ दि इयर, एसिया’ २०२१ जितेको थियो । बैंकले साना तथा मझौला व्यवसाय क्षेत्रको वृद्धिमा योगदान पुर्याएको कारण आइएफसी र एसएमइ फाइनान्स फोरमद्वारा सम्मानित भएको हाे ।

विश्व बैंक समूहको सदस्य आइएफसी र एसएमई फाइनान्स फोरमले पनि संयुक्त रूपमा उक्त अवार्ड प्रदान गर्दै आएकोे छ । यो अवार्ड असाधारण उपलब्धि हासिल गर्न सफल वित्तीय संस्थाहरू र आफ्ना ग्राहकहरूलाई उत्कृष्ट उत्पादन तथा सेवा दिने कम्पनीलाई प्रदान गर्दै आएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले एसएमईको लागि लगानी कोष बढाउँदै जाने बताए । ढुङ्गानाका अनुसार एसएमई क्षेत्र अर्थतन्त्रका लागि निकै महत्वपुर्ण रहेकोले, अहिले देश तरलताको समस्यासँग लडि रहदा पनि एसएमई क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउदै लानु बैंकको प्रमुख प्राथमिकता रहेको छ । 

बैंकले देशभर २३३ शाखा र २६९ एटिएममार्पत सेवा प्रदान गर्दै आएकाे छ । नेपालको सबैभन्दा ठूलो बैंकको रूपमा परिचत ‘नबिल बैंक’ फराकिलो नेटवर्कमार्फत उच्च सेवा प्रदान गर्न निरन्तर काम गर्दै आएको बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit