विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नविल बैंक र काभ्रे जिल्लाको पाँचखाल र पनौती नगरपालिकाबिच सझौता भएको छ । बैंक र नगरपालिकाबिच ‘उद्यमशिलता विकास र वित्तिय पहुँच’ को लागि सम्झौता भएको हो ।

पनौतीमा भएको सझौतामा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले र नगरपालिकाका मेयर भिम न्यौपानेले हस्ताक्षर गरेका छन् । यस्तै, पाँचखालमा भएको सझौतामा बैंकका तर्फबाट बैंकको बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ र नगरपालिकाको तर्फबाट उपमेयर लक्ष्मी दनुवारले हस्ताक्षर गरे ।

सम्झौता अनुसार नगरपालिकाले स्थानीय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम वा तालिम लिएर उद्यम गर्न चाहाने उद्यमीहरुलाई नगरपालिकाको सिफारिसमा बैंकले नियमअनुसार कर्जा उपलब्ध गराउनेछ । साथै, त्यस्ता तालिमहरुमा वित्तिय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गर्ने उदेश्य रहेको छ ।

सम्झौताले पनौती नगरपालिकामा रोगजार र उद्यमशीलता विकास गरि सामाजिक रुपान्तरणमा सहयोग गर्ने शाक्यले बताए । बैंकले निम्न वर्गिय किसान तथा उद्यमीलाई बलियो बनाउने भिम न्यौपानेले बताए ।

नबिल बैंकले असार १५ गते धान दिवशको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो । सरकारको दिगो विकासको लक्ष्यलाइ सघाउन बैंकले विपन्न वर्गलाई लक्षित गरी दिगो बैंकिङ कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा शुरु गरेको छ ।

बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुच न्युन भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएको कार्यक्रम सरुमा १७ वटा दुर्गम शाखाबाट सञ्चालन गरी नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit