विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ८ मेगावाटको परवानीपुर सौर्य विद्युत आयोजनाको निर्माण सुरु भएको छ । अपि पावर कम्पनीले बाराको परवानीपुरमा अर्को सौर्य विद्युत आयोजनाको निर्माण सुरु गरेको हो ।

४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजनाको सफल निर्माणपछि अपि पावरले ८ मेगावाटको सौर्य विद्युत आयोजना अघि बढाएको हो । नेपालकै कुशल प्रोजेक्ट नेपाल कम्पनीले सौर्य विद्युत आयोजनाको निर्माण गरिरहेको हो ।

यो सौर्य विद्युत आयोजना बढीमा ६ महिनाभित्र सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ । सौर्य विद्युत आयोजनाबाट आगामी माघदेखि विद्युत उत्पादन सुरु हुने कम्पनीले जनाएको छ ।

सौर्य विद्युत आयोजना निर्माण सम्पन्न गर्न ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यो सौर्य विद्युत आयोजनामा कूल लगानीमध्ये ४९ करोड ५० लाख रुपैयाँ ऋण लगानी छ । बैंक अफ काठमाडौं एक्लैले यो ऋण लगानी गर्दैछ ।

कम्पनी र बैंकबीच वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षरसमेत भइसकेको छ । सौर्य विद्युत आयोजनाको निर्माण सम्पन्न भएपछि वार्षिक ५ लाख ३० हजार युनिट विद्युत उत्पादन हुनेछ ।

यो अपि पावर कम्पनीले लगानी गरेको चौंथो सौर्य विद्युत आयोजना हो । ४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना प्रसारण प्रणालीमा जोडिसकेको अपि पावरका १/१ मेगावाटका २ वटा सौर्य विद्युत आयोजना पनि अहिले निर्माणाधीन छन् । 

यी सौर्य विद्युत आयोजनाको निर्माण पनि ७० प्रतिशत हाराहारीमा सम्पन्न भइसकेको छ । व्यापारिक विद्युत उत्पादन गर्ने उद्देश्यले अघि बढेका यी सौर्य विद्युत आयोजनाले उत्पादन गर्ने विद्युत नेपाल विद्युत प्राधिकरणले प्रतियुनिट ७.३० रुपैयाँमा खरिद गर्नेछ ।

साढे १६ मेगावाटका नौगाड र माथिल्लो नौगाड गरी २ जलविद्युत आयोजनाको सफल निर्माण गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडेको कम्पनीले सौर्य विद्युत आयोजनामा पनि लगानी बढाउँदै लगेको छ । सूदुरपश्चिम प्रदेशमा ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना पनि निर्माणाधीन छ । यो आयोजनाको करिब ४० प्रतिशत निर्माण सकिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit