काठमाडौं । ङादी ग्रुप पावर कम्पनी लिमिटेडको हकप्रद सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले संस्थापक तथा आफ्ना सेयरधनी सदस्यहरूलाई खुल्ला गरेको सेयर आवेदन अवधि आज (मंगलबार) साँझ ५ बजेबाट सकिन लागेको हो ।
चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार ४ सय रुपैयाँको १ः१.५ को अनुपातमा अर्थात १५० प्रतिशतले हुन आउने १ करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद सेयर आवेदन अवधि सकिन लागेकाे कम्पनीले जनाएको छ ।
कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिट लिमिटेडलाई बिक्री प्रबन्ध तोकिएको छ । कम्पनीकाे लमजुङ जिल्लामा ५ मेगावाटको सिउरी खोला जलविद्युत आयोजना सञ्चालनमा छ ।