विद्युत अपडेट

  • प्राधिकरण : ७१६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३९६५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११६९९ मे.वा.घन्टा
  • आयात : १२५३९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७९२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९१३ मे.वा.
२०८२ ब‌ैशाख १०, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

ट्रेन्डिङ

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आफ्नो सेयरधनी सदस्यहरूलाई चुक्ता पुँजीको ४.२१०५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको सोमबार (कात्तिक २० गते) बसेको सञ्चालक समितिको बैंठकले सेयरधनीलाई लाभांश दिने घाेषणा गरेकाे हाे ।

चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको ४.२१०५ प्रतिशतले हुन आउने ९० करोड ९४ लाख ६० हजार रुपैयाँ नगद लाभांश घोषणा गरेको बैंकले जनाएको छ ।

लाभांश वितरण गर्न बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ४७ अनुसार नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिका लागि अनुरोध गर्ने र बैंकबाट स्वीकृत लाभांशको वितरण साधारणसभाबाट पारित भएपछि हुने पनि बैंकले जनाएको छ ।

बैंकले ऊर्जा, सहरी विकास, यातायात लगायत पूर्वाधार परियोजनामा लगानी गर्दै आएकाे छ । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३