विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । डाेल्पामा प्रस्तावित १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनामा भएको भनिएको अनियमितताबारे कानुन अनुसार अनुसन्धानको प्रक्रिया अघि बढाउन प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ । 

समितिमा बुधबार भएको छलफलपछि समितिले यस्तो निर्देशन दिने निर्णय गरेको हो । बैठकपछि निर्णय सुनाउँदै समितिका सभापति ऋषिकेश पोखरेलले प्रचलित कानुन अनुसार उठेका विषय छानविन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । यो विषय यसअघि नै अदालतमा गइसकेकोमा थाहा हुन नसकेका कारण यसलाई समितिको छलफलमा ल्याइएको बताउँदै आगामी दिनमा यस्ता विषयमा अझ सजगता अपनाइने उनले बताए । 

‘उक्त विषय सर्वोच्च अदालतमा विचाराधीन भएको अवस्थामा हामीले यसबारे छलफल अघि बढाउनुपर्ने देखिएन,’ उनले भने, ‘हामीले निकाल्ने निष्कर्षले कुनै परिणाम दिने देखिएन । प्रचलित कानूनविपरीत नहुने गरी सम्बन्धित निकायलाई जवाफदेही हुनेगरी आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिने निर्णय गर्दछौँ ।’

यसअघि समितिले गत जेठ २३ मा आयोजनाको ठेक्का विवादित बनेको भन्दै अघि नबढाउन निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३