विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सेयर आवेदन संकलन केन्द्र थप गरेको छ । कम्पनीको तेह्रथुममा सञ्चालित साढे ७ मेगावाटको माथिल्लो खोरुङ्गा खोला जलविद्युत आयोजना प्रभावित स्थानीयका लागि आज (शुक्रबार) देखि लागु हुने गरी आवेदन संकलन केन्द्र थप गरेको हो ।

सप्तकोशी डेभलपमेन्टको, बसन्तपुर र तेह्रथुम शाखालाई नयाँ संकलन केन्द्रको रुपमा थप गरिएको कम्पनीले जनाएको छ । कम्पनीले यसअघि सेयर खरिदका लागि माछापुच्छ्रे बैंकको हिले र धनकुटा शाखा कार्यालय, नेपाल बङ्गलादेश बैंकको सक्रान्ती, फेदाप, छथर, सिधुवा, साँगुरीगढी र राजारानी शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको जिरी खिम्ती शाखा, म्याङलुङ, तेह्रथुम र जलविद्युत आयोजना स्थल मेन्छ्यायेमा गाउँपालिकाबाट आवेदन दिन सकिने व्यवस्था गरेको थियो ।

कम्पनीले गत साउन ५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि सेयर निष्कासन गरेको छ । कम्पनीले तेह्रथुम जिल्लाका बासिन्दाहरुका लागि प्रतिकित्ता सय रुपैयाँ अंकित ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सेयर निष्कासन गरेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदकले छिटोमा साउन १९ गते सम्म र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सक्नेछन् ।

पहिलो चरणमा स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गरी बाँडफाँड पूरा भएपछि सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गरीनेछ । २० प्रतिशत हुन आउने ८ करोड रुपैयाँ मूल्यको ८ लाख कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीले स्वपुँजी लगानीको ३० प्रतिशत सेयर निष्कासन गर्न लागेको हो । जसमा १० प्रतिशत सेयर स्थानीयका लागि निष्कासन गरिएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत ११ गते सेयर निष्कासन अनुमति पाएको थियो । कम्पनीले पहिलो पटक २०७६ असोज १३ गते सेयर निष्कासन गरी बाँडफाँड गर्ने अनुमतिका लागि बोर्डमा आवेदन दिएको थियो । लामो समयसम्म थप प्रक्रिया अघि नबढेपछि बोर्डले कम्पनीलाई सूचीबाट हटाइदिएको थियो । कम्पनीले केही महिनाअघि दोस्रो पटक आवेदन दिएको थियो । कम्पनीले निर्माण गरेको आयोजना सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३