विद्युत अपडेट

  • प्राधिकरण : ४४८४ मे.वा.घन्टा
  • सहायक कम्पनी : २३३९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४६९ मे.वा.घन्टा
  • आयात : १०२५० मे.वा.घन्टा
  • निर्यात : ०० मे.वा.घन्टा
  • ट्रिपिङ : ११०० मे.वा.घन्टा
  • ऊर्जा माग : २७६४२ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १६१९ मे.वा.
२०७९ चैत ७, मङ्गलबार
×
जलविद्युत सोलार ई-पेपर वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ऊर्जा दक्षता

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रो पावर लिमिटेडले २८ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँ अंकित २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइएको छ ।

margin-bottom:13px">कम्पनीले बोर्डमा माघ १६ गते (सोमबार) आवेदन दिएको हो । बोर्डबाट अनुमति पाउने लगतै पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न बीओके क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ । कम्पनीको दोलखामा ५ मेगावाटको घट्टे खोलाले विद्युत उत्पादन गरिरहेको छ । अहिले थप नयाँ आयोजना निर्माण गर्ने तयारी गरिरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2023 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit