विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता लिन माग गरेको छ । अनेरास्ववियुले सोमबार विज्ञप्ती जारी गर्दै मूल्य फिर्ता लिन माग गरेको हो । 

अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गर्दै सरकारले हप्ता दिनमै पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा २० रुपैयाँ र ग्याँसमा २ सय रुपैयाँ बढाएकोप्रति आपत्ति प्रकट गरिन । पेट्रोलको मूल्य प्रतिलिटर १८०, डिजेल र मट्टितेलको मूल्य १६३ र ग्याँसको मूल्य १ हजार ८ सय रुपैयाँ कायम गरी सरकारले जनताको ढाड सेक्ने काम गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘स्थानीय तह निर्वाचनको मतदानको मसी सुक्न नपाउँदै सरकारले मूल्यवृद्धिको उपहार दिएको छ, मूल्य समायोजन भन्ने बहानामा अन्तराष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने, तर घट्दा नघटाई, सरकार विभिन्न कर लगाएर राजश्व उठाएर कमाउन व्यस्त छ’ जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिद्धारा अनेरास्ववियुले जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका वस्तुहरूमा मूल्यवृद्धि गर्दै निगमले आफ्नो कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखी पटक–पटक मूल्यवृद्धि गर्ने कदमप्रति गम्भीर खेद व्यक्त गरेको छ ।

मूल्यवृद्धिले तमाम क्षेत्रको महंगाई बढ्न गई सेवाग्राही र जनतामा प्रत्यक्ष असर परेको छ । अध्यक्ष बरालले मूल्यवृद्धि विरुद्ध सम्पूर्ण जनसमुदाय आम नेता कार्यकर्तालाई निर्णायक आन्दोलनमा सशक्त ढङ्गले उत्रन आह्वान गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३