विद्युत अपडेट

  • प्राधिकरण : १००११ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३४८१ मे.वा.घन्टा
  • निजी क्षेत्र : २८४८८ मे.वा.घन्टा
  • आयात : १०८२ मे.वा.घन्टा
  • निर्यात : ६७३५ मे.वा.घन्टा
  • ट्रिपिङ : ७०० मे.वा.घन्टा
  • ऊर्जा माग : ५३७६१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३६ मे.वा.
२०८२ असार ७, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपालको विद्युत् र सिँचाइ सेवा सुधार्ने भन्दै विश्व बैंकले नेपाललाई २५ करोड ७० लाख डलर (आजको दरमा ३५ अर्ब ११ करोड ३९ लाख १० हजार रुपैयाँ) ऋण दिने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशकहरुको बोर्डले मे २९ मा नेपाललाई दुई परियोजनामार्फत उक्त ऋण प्रस्ताव स्वीकृत गरेको जनाएको छ । 

बैंकका अनुसार विद्युत् आपूर्तिको विश्वसनीयता सुधार (इलेक्ट्रिसिटी सप्लाई रियालबिलिटी इम्प्रुमेन्ट) परियोजना लागि १२ करोड डलर ऋण दिने छ । यो परियोजनाले कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विद्युत् वितरण सञ्जाल सुदृढ बनाउने र उपभोक्ताहरूलाई गुणस्तरीय विद्युत् सेवा पुर्‍याउने छ । विद्युत् वितरण सञ्जाल नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा सञ्चालित यो परियोजनाले नयाँ वितरण सबस्टेसन निर्माण, पुराना सञ्जालहरूको स्तरोन्नति, र वितरण सञ्जालहरूको वास्तविक समय अनुगमन गर्न स्वचालित प्रणाली कार्यान्वयनमा केन्द्रित रहनेछ जसले सञ्चालन दक्षता वृद्धि गर्ने बताएको छ ।

त्यस्तै, दोस्रोमा रानी जमरा कुलरिया सिँचाइ परियोजनाको विस्तार रहेको छ । तेस्रो चरणमा १३ करोड ७० लाख डलरले सिँचाइ सेवा सुधार गर्ने र कृषि उत्पादकत्व वृद्धि गर्ने उद्देश्य लिएको छ । यो परियोजनाले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा वर्षैभरि सिँचाइ सेवा विस्तार गरी १७ हजार ५०० हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य छ । जसबाट १ लाख ६० हजार मानिस लाभान्वित हुनेछन् । यो परियोजना नेपाल सरकारको जलस्रोत तथा सिँचाइ विभाग र कृषि विभागको सहकार्यमा कार्यान्वयन हुनेछ ।

विश्व बैंकको माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि देशीय निर्देशक डेविड सिसलेनले नियमित विद्युत् आपूर्ति र वर्षैभरि पर्याप्त सिँचाइ सुविधा दिगो विकासका आधारभूत पूर्वाधार भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३