विद्युत अपडेट

  • प्राधिकरण : ६७२७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४४०४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२८०५ मे.वा.घन्टा
  • आयात : ११९२० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८९५७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २००२ मे.वा.
२०८१ चैत १८, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडमा कार्यरत दोलखा जिल्लाबासी करार कर्मचारीहरूले आफूहरूलाई सेवा सुविधामा विभेद गरिएका भन्दै धर्ना तथा विरोधका कार्यक्रम सुरु गरेका छन् । २०८१ माघ मसान्तसम्ममा दोलखा जिल्लाबासी तथा अन्य जिल्लाका कार्मचारीहरूबीच सेवा सुविधामा रहेको विभेद हटाई एकरूपमा कामय गर्ने सम्बन्धमा २०८१ असोज ६ गते भएको सहमति कार्यान्वयन नभएकोले उक्त सहमति कार्यान्वयन गर्न माग गर्दै उनीहरू विरोधमा उत्रिएका हुन् ।

उक्त सहमति कार्यान्वयन गर्न आफूहरूले पटक–पटक स्मरण गराएको र ताकेता गरेको भए पनि सहमति कार्यान्यन गर्न व्यवस्थापन पक्ष इमानदार नभएको भन्दै आइतबार (चैत १० गते) बाट उनीहरू धर्ना तथा विरोध प्रदर्शनमा उत्रिएकाे जनाएका छन् ।

उनीहरूले दोलखाको गोंगरस्थित कार्यालयको कामकाजसमेत ठप्प पारेका छन् । आयोजनाको विद्युत् उत्पादनमा भने कुनै अवरोध नगर्ने गरी उनीहरूले आइतबार र सोमबार दोलखाबाहेक अन्य जिल्लाका सवारी चालक कर्मचारीद्वारा पोर्टलमा रहने गरी एउटा मात्र सवारी साधन सञ्चालन गर्न र चैत १२ गतेदेखि सहमति कार्यान्वयन नभएसम्मका लागि आपत्कालीन अवस्थाबाहेक कुनै पनि सवारी साधन चल्न नदिने भएका छन् ।

दोलखा जिल्लाबासी करार कर्मचारी संघर्ष समितिको अगुवाईमा यी जिल्लाका करार कर्मचारी प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले ‘सहमति तुरुन्त कार्यान्वयन गर । विभेद गर्न पाइँदै, दोलखाली स्थानीय कर्मचारीहरूलाई हेप्न पाइँदैन । हाम्रो आन्दोलन जारी छ ।’ जस्ता नारा लगाउँदै गोंगरस्थित कार्यालयमा  विरोधसभासमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३