काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ६६ केभी प्रसारण लाइनको मर्मत गर्न विद्युत लाइन काटेको छ । प्राधिकरण लगनखेल वितरण केन्द्र लाइन मर्मत हुने क्षेत्रमा मंगलबजार फिडरको विद्युत लाइन काटेको हो ।
लाइन मर्मत अवधिभर बिहान १० बजेबाट ६ घन्टाका लागि यो फिडरको विद्युत आपूर्ति बन्द हुने वितरण केन्द्रले जनाएको छ । लाइन मर्मत कार्य पूरा भएपछि हिउँसो ४ बजेबाट आपूर्ति सुचारु गरिने भएको छ ।
विद्युत आपूर्ति बन्द हुँदा इमाडोल कृष्ण मन्दिर अगाडिदेखि पवन प्रकृतिसम्म, इमाडोल, बोझेपोखरी, महर्जन चोक, ढुंगेसागु, टिकाथली, सार्कीढिक, मोतीचोक, खरिबोट, ग्याँस प्लान्ट लगायतका स्थानको सेवा प्रभावित भएको छ ।
तोकिएको समयभन्दा अगाडि नै लाइन मर्मतको काम सकिएमा तत्कालै आपूर्ति सुचारु गरिने केन्द्रले जनाएको छ । प्राधिकरणले लोडसेडिङ अन्त्यपछि विद्युतीय संरचना मर्मतको मर्मत गर्ने, विद्युतीय पोल सार्नेलगायत कामका लागि ग्राहकलाई अग्रिम सूचना दिएर लाइन काट्ने गरेको छ ।