विद्युत अपडेट

  • प्राधिकरण : ९१६० मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५५९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २३१९२ मे.वा.घन्टा
  • आयात : ५१४१ मे.वा.घन्टा
  • निर्यात : १८२२ मे.वा.घन्टा
  • ट्रिपिङ : २१५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ४८२०३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४८० मे.वा.
२०८२ जेठ २८, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

ट्रेन्डिङ

नेपाल–भारत ऊर्जा सचिवस्तरीय ९औं बैठक

काठमाडौं । आज (फागुन ११ गते) देखि सुरु भएको नेपाल–भारत ऊर्जा ९औं सचिवस्तरीय बैठक (जेएसटी) मा दुई नयाँ एजेण्डाका विषयमा छलफल गरिने भएको छ । तिनमा भारतको पश्चिम बंगालसम्म १३२ केभी लाइन विस्तार गर्ने र ६८३ मेगावाटको सुनकोसी–३ त्रिदेशीय आयोजनाको रूपमा अगाडि बढाउने भन्ने छन् ।

अहिलेसम्म भारतका बिहार, उत्तर प्रदेश र उत्तराखण्डसम्म १३२ केभी लाइन जोडिएको छ । तर, पूर्व इलामसँग जोडिएको काँकरभिट्टाको सिमाना दार्जिलिङ जुन भारतको पश्चिम बंगाल राज्यमा पर्छ; त्यहाँसम्म नेपालको प्रसारण लाइन जोडिएको छैन । भविष्यमा विद्युत गर्न सकिने उद्देश्यअनुसार यसलाई छलफलको एजेण्डामा राखिएको प्राधिकरणका एक उच्च अधिकारीले बताए ।

बिहारसँग ढल्केबर–मुजफ्फरपुर (४०० केभी) तथा कुशाहा–कटैया, रक्सोल–परवानीपुर १३२ केभी प्रसारण लाइन जोडिएका छन् । यस्तै, उत्तरप्रदेशमा बाल्मिकी नगर अर्थात् गण्डक र उत्तराखण्डमा टनकपुरसँग १३२ केभी लाइन जोडिएको छ । पश्चिम बंगालसम्म पनि सोही भोल्टेजको प्रसारण लाइन आवद्ध गर्न सके विद्युत व्यापारमा सहज हुने ती अधिकारीको भनाइ छ ।

यसैगरी, गत भदौ २९ गते नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय बैठकमा द्विदेशीय आयोजनाका रूपमा निर्माण गर्ने भनिएको सुनकोसी–३ मा भारतलाई समेत सहभागी गराउने बारे छलफल गरिने भएको छ । यसलाई प्राधिकरणले विविध एजेण्डाका रूपमा राखेको छ ।

काभ्रे, सिन्धुपाल्चोक र रामेछापलाई छुने सुनकोसी–३ जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले तयार गरेको कोसी बेसिन गुरुयोजनाबाट पहिचान भएको थियो । अहिले आयोजनाको अध्ययन अन्तिम चरणमा रहेको छ । यसलाई त्रिदेशीय आयोजनाका रूपमा विकास गर्न सके विद्युत व्यापारमा समेत सामरिका फाइदा लिन सकिने अपेक्षा गरिएको छ । वार्षिक २ अर्ब ३५ करोड युनिट विद्युत उत्पादन हुने सुनकोसी–३ को अधिकतम उचाई १६५ मिटर हुने अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३