विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले समयमा प्रसारण लाइन नबनाउँदा रामेछापमा निर्माण सम्पन्न दुई जलविद्युत आयोजनाको १९ मेगावाट विद्युत खेर जाने भएको छ । विद्युत प्रवाह हुने गर्जाङ–खिम्ती प्रसारण लाइन पूरा नहुँदा १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको माथिल्लो खिम्तीको विद्युत खेर जान लागेको हो ।

प्रवर्द्धक हिमालयन ऊर्जा विकास कम्पनीले दुवै आयोजनाको संरचना निर्माणको काम पूरा गरेको छ । आयोजनाको सिभिल संरचना र उपकरण जडानको काम पूरा भइसकेको प्राविधिक तथा आयोजना व्यवस्थापन निर्देशक सरोज कुमार उपाध्यायले बताए । उनका अनुसार अब आयोजनाको संरचनामा पानी भरेर परीक्षण गर्ने तयारी हुँदैछ । 

‘आयोजना परीक्षणका लागि तयारी हुँदैछ । अब चाँडै परीक्षण सुरु गर्छौं,’ उनले ऊर्जा खबरसँग भने, ‘तर, प्राधिकरणले विद्युत जोडिने प्रसारण लाइन निर्माण गरिसकेको छैन । विद्युत खेर जाने अवस्थाले चिन्तित बनाएको छ ।’ 

उनले आयोजनाको विद्युतगृहदेखि सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको बताए । यो प्रसारण लाइन अबको ३ सातामा पूरा भइसक्ने पनि उनले बताए ।

आयोजना सम्पन्न गर्न ३ अर्ब १५ करोड रुपैयाँ खर्च हुने अनुमान छ । यी आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको गर्जाङ सबस्टेसनमा लगेर जोडिनेछ । यी आयोजनाबाट २०७५ चैतदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका थियो । तर, प्रसारण लाइनको समस्याकै कारण आयोजनाको निर्माण लम्ब्याउनु परेको कम्पनीले जनाएको छ ।

प्राधिकरणले निर्माण गर्नुपर्ने प्रसारण लाइनको काम आधा मात्रै भएको छ । विद्युत जोडिने गर्जाङ सबस्टेसनको काम पनि बाँकी छ । अहिले प्राधिकरणले चैत्रभित्र प्रसारण लाइन पूरा गर्ने भनिरहे पनि धेरै काम बाँकी रहेकाले सम्भव नभएको उपाध्यायले बताए । 

उपल्लाे र माथिल्लाे खिम्तीकाे जस्ताे समस्या निजी लगानीका दर्जन बढी आयोजनाले खेपिरहेका छन् । केही आयोजना प्रसारण लाइनकाे समस्याकै कारण पूर्ण क्षमतामा चल्न पाएका छैनन् । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit