विद्युत अपडेट

  • प्राधिकरण : ५५८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५६०० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६४३२ मे.वा.घन्टा
  • आयात : १०७११ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६२३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२३८ मे.वा.
२०८२ फाल्गुण १२, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सानिमा माई हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित २ जलविद्युत् केन्द्रको उत्पादन पुनः सुचारु भएको छ । गत असोजमा आएको भीषण बाढी र पहिरोका कारण क्षतिग्रस्त भएका २२ मेगावाटको माई र ७ मेगावाटको माई क्यास्केड जलविद्युत् केन्द्र मर्मतपछि पुनः सञ्चालनमा आएका हुन् ।

कम्पनीका अनुसार दुवै केन्द्रको उत्पादन फागुन १० गते बिहान १०ः४६ बजेदेखि सुचारु भएको हाे । २०८२ असोज १८ गते माई खोलामा आएको अविरल वर्षा, बाढी र पहिरोले केन्द्रको हेडवर्क्स (बाँध) क्षेत्रका संरचनामा क्षति पुर्‍याएपछि उत्पादन बन्द भएको थियो । बाढीले क्षति पुर्‍याएका हेडरेस कल्भर्ट र फ्लसिङ चेम्बरको मर्मत सम्भार तथा प्राविधिक परीक्षण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो ।

लामो समयदेखि उत्पादन बन्द हुँदा कम्पनीको आम्दानीमा प्रत्यक्ष असर परेको थियो । अब दुवै आयोजनाबाट कुल २९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएसँगै कम्पनीको वित्तीय अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ । कम्पनीले यसअघि घोषणा गरेको ‘विशेष परिस्थिति’ समेत अब अन्त्य भएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३