विद्युत अपडेट

  • प्राधिकरण : ७१६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३९६५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११६९९ मे.वा.घन्टा
  • आयात : १२५३९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७९२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९१३ मे.वा.
२०८१ चैत २९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संखुवासभामा निर्माणाधीन ८.५ मेगावाटको माथिल्लो हेवा खोला साना जलविद्युत आयोजनाले अबको साढे ३ महिनामा राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । निर्माण अन्तिम चरणमा पुगेको आयोजनाबाट २०७८ साउनदेखि प्रणालीमा जोडिन लागेको हो ।

अहिलेसम्म आयोजनाको ८५ प्रतिशत बढी निर्माण सम्पन्न भइसकेको प्रवद्र्धक अप्पर हेवा खोला हाइड्रो पावर कम्पनीका प्रबन्ध निर्देशक डेडराज खड्काले बताए । ‘आयोजनाको बाँध, पाइप लाइन र विद्युतगृहमा धमाधम काम भइरहेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘कुनै अवरोध नआउने हो भने असारभित्र सबै काम सम्पन्न गरेर साउन पहिलो साताबाटै विद्युत उत्पादन सुरु गर्न सकिन्छ ।’

उनले बाँध क्षेत्रका संरचनाको काम अन्तिम चरणमा पुगेको बताए । पाइप जडानको काम भइरहेको छ । पाइपको पाता आयात गरेर आयोजना स्थलमै ‘फेब्रिकेसन’ गरी जडान गरिएको पनि उनले बताए । पाइप ‘फेब्रिकेसन’को काम करिब ८५ प्रतिशत सम्पन्न भइसकेको छ ।

विद्युतगृहमा सिभिल संरचनाको निर्माण सम्पन्न गरी इलेक्ट्रोमेकानिकल उपकरण जडान हुँदैछ । आउने असारभित्र इलेक्ट्रोमेकानिकल उपकरण जडान पूरा गर्ने तालिका छ । हेडरेर र पेनस्टक पाइप तथा इलेक्ट्रोमेकानिकल उपकरण जडान सकिएपछि आयोजनाको परीक्षण सुरु गरिने खड्काले जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता (पिपिए) अनुसार आयोजनाबाट २०७६ असारदेखि नै विद्युत उत्पादन सुरु गर्नुपर्ने थियो । तर, आयोजनाको विद्युत प्रवाह हुने २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको निर्माण पूरा हुन समय लागेकाले ढिलो गरी काम सुरु गर्दा धकेलिएको कम्पनीले जनाएको छ ।

२०७४ असारबाट निर्माण सुरु गरिएको आयोजनाले पाएको दोस्रो तालिकाअनुसार गत चैत १८ गतेदेखि विद्युत उत्पादन सुरु हुनुपर्ने थियो । यस पटक भने कोरोना (कोभिड–१९) महामारीको असरका कारण ६ महिना निर्माण प्रभावित हुँदा ४ महिना धकेलिएको छ ।

आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत कोसी कोरिडोरको बानेश्वर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म आवश्यक १०.४ किलोमिटर लामो प्रसारण लाइन कम्पनीले निर्माण गरिरहेको छ । प्रसारण लाइनको टावर ठड्याउने काम पूरा भई तार तान्ने काम भइरहेको छ । 

आयोजनाबाट वार्षिक ४६.२८ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । हिउँदमा ६.९५ र बर्खामा ३९.३२ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

आयोजना सम्पन्न गर्न करिब १ अर्ब ४१ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा नेपाल बैक र कृषि विकास बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३