विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पर्वतको नयाँ मोदी सबस्टेसनदेखि कुश्मा-तल्लो मोदी सबस्टेसनसम्म ८.५१ किलोमिटर लामो प्रसारण लाइन बनाउन प्रक्रिया अघि बढाएको छ । यसका लागि प्राधिरकणले विद्युत् विकास विभागमा आवेदन दिएको छ । प्राधिकरणले २०० मेगावाटसम्म विद्युत् प्रवाह हुने गरी १३२ केभी डबल सर्किटको उक्त प्रसारण लाइन निर्माण गर्न विभागमा आवेदन दिएको हो । 

प्राधिकरणले पर्वतको मोदी गाउँपालिका–२ केरुङ्गास्थित नयाँ मोदी सबस्टेसनदेखि कुश्मा नगरपालिका–७ राहाते चिसापानीमा रहेको कुश्मा–तल्लो मोदीसम्म उक्त प्रसारण लाइन निर्माण गर्न लागेको जनाएको छ ।

प्राधिकरणका अनुसार विभागबाट स्वीकृति प्राप्त भए लगत्तै आयोजनाको काम पनि अघि बढाइनेछ । 

प्रस्तावित लाइन निर्माण तथा सञ्चालन गर्दा उल्लेखनीय प्रतिकुल असर पर्ने भए सूचना प्रकाशित भएको ३५ दिनभित्र सरोकारवालाले विभाग तथा प्रवर्द्धक कम्पनीमा आइपुग्नेगरी लिखित राय–सुझाव पेश गर्न पनि आग्रह गरिएको छ ।  

प्रस्तावित लाइनअन्तर्गत ३७ वटा टावर खडा गरिनेछ । टावरहरुको उचाई ३२–४१ मिटरसम्म रहने तथा टावरहरू बीचको दूरी ४१.३६५ मिटरसम्म हुनेछ । 

आयोजना निर्माणका लागि कुल १५.३२ हेक्टर जमिन आवश्यक पर्छ । त्यसध्ये ३७ वटा टावरका लागि ०.९४७ हेक्टर र यसबाहेक विद्युत मार्गको क्षेत्रधिकार अन्तर्गत १४.३७३ हेक्टर जग्गा आयोजनाका लागि आवश्यक पर्नेछ । 

प्राधिकरणले उक्त प्रसारण लाइन आयोजनको काम साढे ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । आयोजना निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, बाढी, वायु प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखनीय प्रतिकुल असर नपर्ने गरी निर्माण गरिने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit