विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ २६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । बंगालदेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न विद्युत खरिद–बिक्री सम्झाैता (पीपीए) काे प्रस्तावसहित नेपाली प्रतिनिधि टाेली बुधबार ढाका जान लागेकाे छ । आगामी बर्खादेखि विद्युत् निर्यात गर्ने गरी बंगालदेशसँग विद्युत् खरिद-बिक्री सम्झाैता (पीपीए) गर्न लागिएकाे हाे ।

यसअघि बंगलादेशले नेपालबाट बिजुली खरिद गर्न प्रस्ताव मागेको थियाे । उक्त प्रस्तावसहित अन्तिम ‘नेगोशियसन’का लागि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोली ढाका जान लागेका हाे । 

बंगलादेशले नेपालबाट बिजुली लैजान टेण्डर निकालेपछि विद्युत् बेच्न प्रस्ताव पठाएको घिसिङले बताए । ‘पीपीएको फाइनल छलफलका लागि आज बंगलादेश जाँदैछु,’ उनले भने, ‘पीपीए टुंगो लाग्यो भने आगामी बर्खादेखि बिजुली निर्यात हुन्छ ।’

बंगलादेशले टेण्डर निकालेपछि प्राधिकरणले प्रतियुनिट ८.९६ रुपैयाँदेखि ९.२८ रुपैयाँसम्म विद्युत् उपलब्ध गराउने प्रस्ताव गरेको छ । प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको विद्युत् व्यापार कम्पनी एनभीभीएनबीच त्रिपक्षीय विद्युत् खरिद सम्झौता (पीपीए) को मस्यौदामा सहमति जुटिसकेको छ ।

बंगलादेशसँग हुने बिजुली कारोबारमा पनि भारतीय एजेन्सी एनटीपीसी विद्युत् व्यापार निगममार्फत् हुनेछ । हाल नेपाल र भारतबीच पनि बिजुलीको कारोबार एनटीपीसीमार्फत नै हुँदै आएको छ ।

नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठकमा ४० मेगावाट बिजुली लैजाने र विद्युत् व्यापारका लागि लाइन निर्माण गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३