विद्युत अपडेट

  • प्राधिकरण : ७६३३ मे.वा.घन्टा
  • सहायक कम्पनी : २६०१ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२१६२ मे.वा.घन्टा
  • आयात : ११८६२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३६८१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८०१ मे.वा.
२०८१ ब‌ैशाख ३१, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुम्निमा हाइड्रो पावर कम्पनी लिमिटेडले ४.९ मेगावाटको माथिल्लो पिखुवा खोला जलविद्युत आयोजना निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ । कम्पनीले  प्रदेश नम्बर १ भोजपुर जिल्लाको ट्याम्केमैयुम गाउँपालिकामा अवस्थित पिखुवा र बुन्खुवा खोलामा पहिचान भएकाे आयाेजना अघि बढाउन अनुमति माग गर्दै आवेदन दिएकाे हाे ।

कम्पनीले अनुमतिपत्रका लागि विभागमा आवेदन दिएपछि यसबाट पर्ने असरका विषयमा सरोकारवाला निकायसँग राय सुझाव माग गरिएको छ । विभागले ३५ दिने सूचना जारी गर्दै उक्त अवधिभित्र सुझाव दिन आग्रह गरेको छ ।

कम्पनीले निर्माण गर्न लागेको आयोजनाको संरचनाहरू पिखुवा र बुन्खुवा खोलाको दायाँ किनारामा रहनेछ । नदी बहावमा आधारित (रन अफ रिभर) प्रकारको आयोजनाबाट वार्षिक सरदर २९.६० गिगावाट घण्टा विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ ।

आयोजनाको लागि आवश्यक पानी फर्काउन १५ मिटर लामो लम्बाई र २.५ मिटर लामो उचाईको डाईभर्सन निर्माण गरिनेछ । विद्युतगृह नजिकै आउटडोर स्वीचयार्ड निर्माण गरिनेछ र यस आयोजनाबाट उत्पादित विद्युत ३३ केभी प्रसारण लाइन मार्फत ३४ किलोमिटर लामो दुरी रहेको नेपाल विद्युत प्राधिकरणको बानेश्वर सबस्टेसनमा जोडिनेछ ।  

यो आयोजना २०८२ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजना निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, बाढी, वायु प्रदूषणद्वारा वातावरणमा उल्लेखनीय असर नपर्ने गरी निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit