विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिएका मध्ये ५ जना उम्मेदवार संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयको भदौ १८ गतेको निर्णय अनुसार संक्षिप्त सूची प्रकाशित गरिएको हो । 

समितिको सूचा अनुसार २०८१ साउन २८ गते प्रकाशित सूचना बमोजिम बोर्डको सीईओ पदका लागिका लागि आवेदन दिएका तथा भदौ १५ गतेको सूचना अनुसार विवरण पेश गरेका उम्मेदवार मध्येबाट ५ जनाको संक्षिप्त सूची प्रकाशित गरिएको हो ।  

संक्षिप्त सूचीमा पर्नेहरूमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९ का विष्णुप्रसाद भट्टराई, तनहुँको व्यास नगरपालिका–९ का रघुराज काफ्ले, ललिपपुर महानगरपालिका–२९ का सुशील ज्ञवाली, जनकपुरको धनुषाधाम नगरपालिका–२ का रामदेव यादव र काठमाडौँ महानगरपालिका–४ का भिष्मराज ढुंगाना रहेका छन् । 

यी मध्ये ज्ञवाली २०७२ को भूकम्पबाट भएका भौतिक संरचनाको पुनःनिर्माणका लागि सरकारले स्थापना गरेको तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सीईओ भएर काम गरिसकेका व्यक्ति हुन् । 

काफ्ले गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष भएर काम गरिसकेका व्यक्ति हुन् । 

त्यस्तै, ढुंगानालाई भने सर्वोत्तम सिमेन्ट कम्पनीको शेयरको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) मा संलग्न रहेको पाइएको भन्दै सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष पदबाट २०७८ साल असोजमा बर्खास्त गरेको थियो । 

यसअघि बोर्डका सीईओ रहेका सुशील भट्टको कार्यकाल सकिएर बिदा भएपछि बोर्डको सीईओ पद रिक्त भएको थियो । 

सार्वनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा १२ को उपदफा (७) बमोजिम लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गर्न नेपाल सरकारसमक्ष नाम सिफारिस गर्न समितिले उम्मेदवारहरूको छनोट गरिरहेको हो । 

सूचीकृत उम्मेद्वारको रणनीति र कार्ययोजना, रणनीति छलफल, अन्तर्वार्ता तथा व्यक्तित्व परीक्षणको स्थान, मिति र समयपछि तोकिने सिफारिस समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३