काठमाडौं । ४.५ मेगावाटको हेवा खोला जलविद्युत आयोजना सञ्चालनमा ल्याएको बरुण हाइड्रो पावर कम्पनी लिमिटेडले साढे २६ लाख कित्ता हकप्रद सेयर आवेदन खुल्ला गरेको छ । कम्पनीले संस्थापक तथा आफ्ना सेयरधनी सदस्यहरूलाई हकप्रद सेयर आवेदन खुल्ला गरेको हो ।
सय रुपैयाँ अंकित २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीको अनुसार सेयरधनीहरूका लागि १ सेयर बराबर १ः१ को अनुपातमा सेयर निष्कासन गरिएको हो ।
सेयरधनीले आगामी भदौ २६ गतेसम्म आवेदन दिन पाउँनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।
कम्पनीको ४.५ मेगावाटको हेवा खोला जलविद्युत आयोजना सञ्चालनमा छ । हेवा खोलाले २०६८ साउन २१ गतेदेखि नियमित विद्युत उत्पादन गरिरहेको कम्पनीले जनाएको छ ।