काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले कास्कीमा सञ्चालित १३ मेगावाटको मद्क्यु जलविद्युत आयोजनाले प्रभावित स्थानीयका लागि सेयर निष्कासन गरेकाे हाे ।
कम्पनीको जारी पूँजी ८५ करोडमध्ये १० प्रतिशत हुने आउने अर्थात ८ करोड ५० लाख बराबरको सय रुपैयाँ अंकति ८ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिकाका वडा नं. १,२ र ३ का बासिन्दाका लागि सेयर निष्कासन गरिएको हो ।
स्थानीयले छिटोमा २० गते सम्म र ढिलोमा भदौ ५ गते सम्म आवेदन दिन सक्नेछन् । आवेदकले न्यूनतम १० कित्ता देखि अधितम १ लाख कित्ता सम्म आवेदन दिन पाउँनेछन् ।
कम्पनीले पहिलो चरणमा स्थानीयलाई सेयर निष्कासन गरी बाँडफाड गरिनेछ र दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरिनेछ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाड गर्न बिओके क्यापिटल लिमिटेड मार्केटलाई बिक्री प्रबन्धक तोकिएको छ ।
कम्पनीको कास्कीमा निर्माण सम्पन्न भएको १३ मेगावाटको मद्क्यु जलविदुत आयोजनाले विगत २०७४ चैत १९ गतेदेखि नियमित विद्युत उत्पादन गरिरहेको छ ।