विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । तनहुँमा निर्माणाधीन ५ मेगावाटको बेलचौतारा सौर्य विद्युत आयोजनाले भदौदेखि विद्युत उत्पादन सुरु गर्ने भएको छ । लक्ष्यभन्दा २ वर्ष ढिलो गरी आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन लागेको हो ।

आयोजनाको करिब ८० प्रतिशत निर्माण सम्पन्न भइसकेको प्रवर्द्धक सोलार फार्म प्रालिका प्रबन्धक तिलबहादुर आलेले बताए । ‘लक्ष्यभन्दा धेरै ढिलो त भइसकेका छौं,’ उनले ऊर्जा खबरसँग भने, ‘अहिलेसम्मको कामको प्रगति हेर्दा अबको ३ महिनाभित्रमा उत्पादन सुरु गर्न सकिन्छ भन्ने लागेको छ ।’ 

उनले अहिले सौर्य विद्युत आयोजनाको प्यानल जडानको काम धमाधम भइरहेको बताए । आयोजनामा १३ हजार ४ सय ९४ वटा सौर्य प्यानल जडान हुनेछन् । सोलार फार्म प्रालिले तनहुँको शुक्लगण्डकी नगरपालिकास्थित क्याम्पसको १ सय रोपनी जग्गामा सौर्य विद्युत आयोजना निर्माण गरिरहेको हो ।

आयोजनामा बेलायतमा बसोबास गर्ने नेपालीले स्थापना गरेको ‘नेपाल कर्पोरेटिभ इन्भेष्टमेन्ट समूह’ ले लगानी गरेको छ । आयोजना सम्पन्न गर्न ६० करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणसँग २०७५ साउनमा विद्युत खरिद सम्झौता (पिपिए) हुँदा आयोजनाबाट २०७६ साउनदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका थियो। कोरोना (कोभिड–१९) महामारी र ठेकेदार कम्पनीको असक्षमताका कारण लक्ष्यअनुसार काम गर्न नसकेको आलेले बताए ।

‘ठेकेदार असक्षम परेकाले धेरै दुखः पायौं । यसैबीचमा आएको कोरोना महामारीले पनि आयोजनाको निर्माण प्रभावित हुँदा उत्पादन तालिका धकेलिन पुगेको हो’ उनले भने । आयोजनाको विद्युत जोडिने ठाउँ पनि परिवर्तन गरिएको छ । 

सुरुमा प्रसारण सम्झौता हुँदा उत्पादन हुने विद्युत दमौली सबस्टेसनमा जोडिने भनिएको थियो । अहिले ५ सय मिटर दुरीको बेलचौतारा सबस्टेसनमा जोड्ने गरी प्राधिकरणसँग प्रसारण सम्झौता संशोधन गरिएको आलेले जानकारी दिए । सबस्टेसनसम्मको प्रसारण लाइनको काम पनि भइरहेको छ ।

आयोजना सम्पन्न हुँदा दैनिक ३० हजार युनिट विद्युत उत्पादन गर्न सकिने कम्पनीले जनाएको छ । आयोजनाले उत्पादन गरेको विद्युत प्राधिकरणले २५ वर्षसम्म प्रतियुनिट ७.३० रुपैयाँमा खरिद गर्नेछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको ‘ग्रिड कनेक्टेड सौर्य विद्युत विकास सम्बन्धि कार्यविधि २०७४’ अनुसार प्राधिरकरणसँग पिपिए गर्ने यो पहिलो सौर्य विद्युत आयोजना हो । यो भन्दापछि पिपिए भएका ३ सौर्य विद्युत आयोजना निर्माण सम्पन्न भइ सञ्चालनमा आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit