विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण ठिमी वितरण केन्द्रले ठिमी स्विचिङ स्टेसनमा सबस्टेसन निर्माणका गर्नका लागि विदुयत सेवा बन्द गरेको छ । केन्द्रले ११ केभी प्यानलबाट पोल सम्म जडान रहेको केबललाई बाइपास गर्न ३ वटा फिडरकाे सेवा बन्द गरेको हो ।

सल्लाघारी फिडर बिहान १० बजेदेखि १२ बजेसम्म, बालकुमारी फिडर १२ बजेदेखि दिउँसोको २ बजेसम्म र टिबी हस्पिटल फिडर दिउँसो २ बजेदेखि ४ बजेसम्म बन्द हुने केन्द्रले जनाएको छ ।

सल्लाघारी फिडर बन्द हुँदा राधेराधे, एसएसचोक, नयाँठिमी, चारदोबाटो, रोजभिलेज एरिया, गठ्ठाघर, कौशलटार, रेडक्रस एरिया, बालकोटचोक, धारापाती, महेन्द्रशान्ति स्कुल क्षेत्र प्रभावित हुनेछ । 

बालकुमारी फिडर बन्द हुँदा पुरानोठिमी, नगरपालिकाचोक, चपाचो, कमेरोटार, हाँत्तीमहाँकाल, दुईपोखरी, बालकुमारी, मन्दिर एरिया, हर्षचाक, लकलेज, अधिकारीटोल, सरस्वती मन्दिर, हिङचोक, गाम्चा, दधिकोट, सिकारीटार, सिरुटार, बिरुवा, पात्लेटार कामलेपाटि, गुण्डु, तर्खगाल, घ्म्पेडाँडा लगायतका स्थानहरू प्रभावित हुने केन्द्रले जनाएको छ ।

त्यस्तै, टिबी हस्पिटल फिडर बन्द हुँदा चारदोबाटोचोक कोरियन हस्पिटल, गठ्ठाघर, कौशलटार, लोकन्थली, रामन्दिर, मनोहरा आखा हस्पिटल समेत प्रभावित हुनेछ । तोकिएको समय अगावै काम सम्पन्न भएमा सो समय अगावै आपुर्ती सुरू गरिने पनि केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३