विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लघुजलविद्युत्को टबाईनका डिजाइनर एवम् निर्माता स्व. श्यामराज प्रधानको जीवनी ‘श्यामराज प्रधान : ढुंगाको कापबाट फाक्रिएको फूल’ सार्वजनिक भएको छ ।
पुस्तक तथा वृत्तचित्रमार्फत प्रधानको जीवन भोगाई, नवीकरणीय ऊर्जा प्रविधिको विकास एवम् प्रवद्र्धन र ग्रामीण ऊर्जा प्रविधिका क्षेत्रमा उनले पुर्याएको योगदानलगायत विषय प्रस्तुत गरिएको छ ।

पत्रकार राजु श्रेष्ठद्वारा लिखित एवम् प्रधानले स्थापना गरेको नेपाल यन्त्रशाला इनर्जी प्रालिद्वारा प्रकाशित पुस्तक तथा वृत्तचित्र गत साता प्रधानकी श्रीमती बाबा प्रधानले बाहिर ल्याएकी हुन् ।

पुस्तकमाथि समीक्षा गर्दै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखेलले लघुजलविद्युत् र नवीकरणीय ऊर्जा प्रविधिका माध्यमबाट ग्रामीण क्षेत्रमा स्व. प्रधानको योगदानबारे चर्चा गरेका थिए । प्रधानले सामाजिक न्यायका लागि व्यवसायभन्दा प्रविधिकोे प्रयोगलाई महत्त्व दिएको पोखरेलले बताए ।

नेपालको पहिलो लघु जलविद्युत् प्लान्ट स्थापना कार्यमा सहभागी प्रधानले ५० वर्षभन्दा बढी व्यावसायिक जीवनमा ४६ जिल्लामा २०० भन्दा बढी लघु जलविद्युत्को सर्वे, डिजाइन एवम् जडान गरेका थिए ।

त्यस्तै प्रधानले स्वीट्जरल्यान्डबाट सिकेको सीपलाई नेपालबाहेक श्रीलङ्का, केन्या, लाओसलगायतका देशका लघु जलविद्युत् टबाईन एवम् सीप विस्तार गरेका थिए । प्रधानले लघु जलविद्युत् टबाईनको विकास र प्रवद्र्धन गरेको प्रविधिका विषयमा नेपाल लघु जलविद्युत् विकास संस्थाका पूर्वअध्यक्ष सुरेन्द्रभक्त माथेमाले प्रकाश पारेका थिए ।

आयोगका पूर्वसदस्य श्रीकृष्ण उपाध्यायले ग्रामीण क्षेत्रमा लघुजलविद्युत् तथा सुधारिएको पानी घट्टमार्फत विद्युतीय ऊर्जा विस्तारमा प्रधानको योगदान उच्च रहेको बताए । सस्तो र सर्वसुलभ ऊर्जाको पहुँच विस्तारमा प्रधान रोल मोडल रहेको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका पूर्वकार्यकारी निर्देशक डा. रामप्रसाद धितालको भनाइ छ ।

त्यस्तै, नवीकरणीय ऊर्जा परिसंघका अध्यक्ष गुणराज ढकालले नवीकरणीय ऊर्जा प्रविधिको विकाससँगै सीप हस्तान्तरण र ग्रामीण विद्युतीकरणमा प्रधान मार्गदर्शक रहेको बताए । डा. प्रचण्ड प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका निर्देशक डा. नारायण अधिकारी, ऊर्जाविज्ञ डा. विश्वभूषण अमात्यलगायतले नवीकरणीय ऊर्जा प्रविधिको विकासमा स्व. प्रधानको योगदानबारे चर्चा गरेका थिए ।

कार्यक्रममा प्रधानका छोरा विक्रमराज प्रधानले बाबुको नाममा फाउन्डेसन स्थापना गरी नवीकरणीय ऊर्जाको प्रविधि र जनशक्ति उत्पादनमा कार्य गर्ने तयारी भएको जानकारी दिए । सोही कार्यक्रममा प्रधानद्वारा स्थापित नेपाल यन्त्रशाला इनर्जीमा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मानसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit