विद्युत अपडेट

  • प्राधिकरण : ८०९४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८९१३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४३८३ मे.वा.घन्टा
  • आयात : ४५६ मे.वा.घन्टा
  • निर्यात : ११६७९ मे.वा.घन्टा
  • ट्रिपिङ : ७० मे.वा.घन्टा
  • ऊर्जा माग : ६१९१६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३०२४ मे.वा.
२०८३ भदौ १८, बिहिबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावितकाे उद्धार, राहत तथा पुनर्स्थापना का लागि १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीले उक्त रकम ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको हो ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उपलब्ध गराएको उक्त सहयोगले बाढीबाट प्रभावित क्षेत्रमा तत्कालीन मानवीय सहायता तथा राहतमा योगदान पुग्ने अपेक्षा गरिएको छ । बाढीका कारण रसुवा, नुवाकोटलगायत त्रिशूली नदी करिडोरमा ठूलो जनधनको क्षति हुनुका साथै जलविद्युत् आयोजना, प्रसारण तथा वितरण संरचना, सडक, पुल र अन्य स्थानीय पूर्वाधारमा समेत गम्भीर क्षति पुगेको छ ।

विपद्पछिको तत्कालीन राहत तथा उद्धारसँगै प्रभावित त्रिशूली करिडोरको शीघ्र पुनरुत्थान, पुनर्निर्माण तथा जलवायु उत्थानशील पुनर्स्थापनाका लागि ठूलो परिमाणमा दीर्घकालीन वित्तीय स्रोत आवश्यक पर्ने देखिएको छ ।

यसै सन्दर्भमा एचआईडीसीएलले प्रभावित जलविद्युत् तथा ऊर्जा पूर्वाधारको पुनरुत्थानका लागि छुट्टै ‘त्रिशूली करिडोर पुनरुत्थान तथा उत्थानशीलता वित्तीय संरचना’ विकास गर्न अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।

कम्पनीका अनुसार यस्तो वित्तीय संरचनामार्फत बाढीबाट क्षतिग्रस्त ऊर्जा पूर्वाधारको पुनर्निर्माणसँगै भविष्यमा यस्ता विपत्‌बाट हुने क्षति न्यूनीकरण गर्ने गरी उत्थानशील पूर्वाधार विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३