विद्युत अपडेट

  • प्राधिकरण : ६५१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४७१२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १३१७४ मे.वा.घन्टा
  • आयात : ८९६२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९४० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५२९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७७८ मे.वा.
२०८२ ब‌ैशाख १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

कञ्चनपुर । चुरे फेदीको शुक्लाफाँटा नगरपालिका–८ स्थित पिल्लरी गाउँमा सिँचाइ आयोजना निर्माण भइरहेको छ । भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले ४३ लाख ८२ हजार ३९३ रूपैयाँको लागतमा ठेक्का प्रक्रियामार्फत सिँचाइ आयोजनाको काम अगाडि बढाएको हो ।

आगामी असार १५ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी गत चैत ६ गते न्यू बम्बादेवी निर्माण सेवासँग कार्यालयले सिँचाइ आयोजना निर्माणका लागि ठेक्का सम्झौता गरेको शुक्लाफाँटा–८ का वडाध्यक्ष बहादुरसिंह महराले जानकारी दिए । उनका अनुसार सम्झौताअनुसार ६४ बिघा क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने गरी काम अगाडि बढाइएको छ ।

आयोजनाअन्तर्गत पम्प हाउस, वितरण प्रणाली, विद्युतीकरण र पानी संकलनका लागि ट्यांकी निर्माण गरिने वडाध्यक्ष महराले जानकारी दिए । उनका अनुसार हाल पानी सङ्लन गर्न ट्यांकी निर्माण, पाइपलाइन बिछ्याउने र सिँचाइ बोरिङ गाड्ने काम भइरहेको छ ।

चुरे फेदीको बस्ती भएकाले यस क्षेत्रका कृषिकर्ममा संलग्न किसानले सिँचाइको अभाव खेप्दै आएका थिए । आकासे पानीका भरमा खेती हुँदै आएकामा सिँचाइ आयोजना निर्माण हुने भएपछि किसान खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३