विद्युत अपडेट

  • प्राधिकरण : ८१०६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १४८५३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४१६५२ मे.वा.घन्टा
  • आयात : ६८ मे.वा.घन्टा
  • निर्यात : १८५३३ मे.वा.घन्टा
  • ट्रिपिङ : १०० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४७७९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९२२ मे.वा.
२०८३ साउन ६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि तथा डिजिटल ऊर्जा समाधान प्रदायक कम्पनी हुवावेले ‘फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा (पिभी) समाधान’ र ‘लुटेरा (LUTERRA) युटिलिटी ग्रिड–फर्मिङ ऊर्जा भण्डारण प्रणाली (इएसएस)’ नामक दुई अत्याधुनिक प्राविधियुक्त ऊर्जा समाधान नेपाल भित्र्याएकाे छ । नेपालको हरित ऊर्जा विकासलाई टेवा पुर्‍याउने उद्देश्यसहित कम्पानीले यी दुई प्रविधि नेपाल भित्र्याएकाे जनाएकाे छ । 

‘सबै परिदृश्यमा ग्रिड–फर्मिङ प्रविधिको नयाँ युगमा प्रवेश’ भन्ने नारासहित आयोजित एक कार्यक्रमबीच नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डे, हुवावे डिजिटल पावर साउथ एसियाका निर्देशक यु जियानलोङ, हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चेस्टर चेन तथा हुवावे नेपाल डिजिटल पावरका निर्देशक रोहितचन्द्र शाहले संयुक्त रूपमा उक्त प्रविधियुक्त ऊर्जा प्रणाली सार्वजनिक गरेका हुन् । 

कम्पनीका अनुसार फ्युजन सोलार ९.० अत्याधुनिक ठूलो क्षमता वा स्तर (युटिलिटी–स्केल) को सौर्य ऊर्जा समाधान हो । यसले स्मार्ट डिजिटल प्रविधिलाई सौर्य प्रणालीसँग एकीकृत गरी सञ्चालन दक्षता वृद्धि र स्वच्छ ऊर्जाको अधिकतम उत्पादन सुनिश्चित गर्ने लक्ष्य राखेको छ । त्यस्तै ‘लुटेरा युटिलिटी ग्रिड–फर्मिङ इएसएस’ ब्याट्री ऊर्जा भण्डारण प्रणाली (इएसएस) हो । यसले नवीकरणीय ऊर्जाको भण्डारण, विद्युत् आपूर्ति र मागबीच सन्तुलन कायम गर्न तथा राष्ट्रिय विद्युत् प्रणालीको स्थायित्व र विश्वसनीयता अभिवृद्धि गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।

ग्रिड फर्मिङ इएसएस ऊर्जा भण्डारण प्रणाली (ब्याट्री) को यस्तो उन्नत प्रविधि हो, जसले बाह्य पावर ग्रिड नहुँदा वा ग्रिड ट्रिप (बन्द) हुँदा पनि आफैँ भोल्टेज र फ्रिक्वेन्सी उत्पन्न गरेर राष्ट्रिय वा स्थानीय ग्रिडलाई स्थिर बनाइराख्न सक्छ ।

यी डिजिटल ऊर्जा समाधानहरूले राष्ट्रिय विद्युत् प्रणालीको विश्वसनीयता बढाउनुका साथै सौर्य ऊर्जाको प्रभावकारी उपयोग र दीर्घकालीन ऊर्जा सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । 

कार्यक्रममा हुवावे नेपालका सिइओ चेस्टर चेनले विगत २६ वर्षदेखि हुवावेले नेपालका लागि विश्वसनीय साझेदारका रूपमा डिजिटल रूपान्तरणमा योगदान दिँदै आएको उल्लेख गरे । अब हरित ऊर्जा प्रविधिमार्फत पनि नेपालको दिगो विकास यात्रामा सहकार्यलाई थप सुदृढ बनाउने उनको प्रतिबद्धता थियो । उनले पछिल्ला यी दुई ऊर्जा समाधानले नेपाललाई अझ स्वच्छ, स्मार्ट र दिगो ऊर्जा भविष्य निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सन् १९९९ देखि नेपालमा कार्यरत हुवावेले दूरसञ्चार सेवा प्रदायक, सरकारी निकाय, उद्योग–व्यवसाय तथा अन्य साझेदार संस्थासँग सहकार्य गर्दै डिजिटल तथा दिगो विकासमा योगदान पुर्‍याउँदै आएको जनाएको छ । कम्पनीले डिजिटल पावर प्रविधिमा निरन्तर नवप्रवर्तनमार्फत नेपालको नवीकरणीय ऊर्जा विकास, कार्बन उत्सर्जन न्यूनीकरण तथा हरित भविष्य निर्माण गर्ने राष्ट्रिय लक्ष्यमा प्रविधि र नवप्रवर्तनमार्फत सहयोग जारी राख्ने प्रतिबद्धता दोहोर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३