विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । तमोर-चांगे २ सय २० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको अध्ययन  ७० प्रतिशत पूरा भएको छ । तमोर बेसिनमा निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने उद्देश्यले निर्माण हुन लागेको प्रसारण लाइनको अध्ययन अन्तिम चरणमा पुगेको हो ।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले प्रसारण लाइनको अध्ययन गरिरहेको छ । तमोर बेसिनका १ सय ५५ मेगावाटको सुपर तमोर, १ सय १ मेगावाटको तमोरलगायतका जलविद्युत आयोजना यही प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोडिने छन् । यो बेसिनमा तमोरदेखि चांगेसम्म ६० किलोमिटर लामो प्रसारण लाइन निर्माण हुनेछ । 

प्रसारण लाइन आयोजना अन्तर्गत ताप्लेजुङको फक्ताङ्लुङमा तमोर सबस्टेसन निर्माण हुनेछ । सबस्टेसन निर्माणका लागि जग्गा प्राप्तिको काम सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । 

कम्पनीले प्रसारण लाइन र सबस्टेसनको प्रारम्भिक वातावरणीय परीक्षणको कार्यसूची तयार गरी विद्युत विकास विभागमा पेश गरिसकेको छ । आयोजनाको वातावरणीय अध्ययन आर्थिक वर्ष २०७७/७८ भित्र सम्पन्न गरी आव २०७८/७९ भित्र ठेक्का सम्झौता सम्पन्न गर्ने योजना छ ।

यो प्रसारण लाइन २०८० भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । प्रसारण लाइन र सबस्टेसन निर्माण सम्पन्न ३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । यो लाइन पूरा भएपछि करिब ७ सय मेगावाट विद्युत प्रवाह गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit