विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । एक महिनाभित्र ४०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । मुलुकको विभिन्न क्षेत्रमा निर्धाणाधीन तथा निर्माण सम्पन्न भई परीक्षणका चरणमा रहेका जलविद्युत् आयोजनाको बिजुली प्रणालीमा थपिने नेपाल विद्युत् प्राधिकणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

उनका अनुसार १११ मेगावाटको रसुवागढी, ४२.४ मेगावाटको सान्जेन, १०२ मेगावाटको मध्यभोटेकोसीकाे बिजुली राष्ट्रिय प्रणालीमा थपिन लागेको हाे । यसैगरी, तमोरबाट ७२ मेगावाट, म्याग्दी र लिखुबाट ७२ मेगावाट विद्युत् प्रणालीमा थपिने घिसिङले जानकारी दिए ।

‘यी आयोजनाहरूबाट उत्पादित बिजुली जोडिने प्रसारण लाइनको अन्तिम चरणको काम भइरहेको छ,’ उनले भने, ‘जलविद्युत् आयोजनामध्ये केही परीक्षणका चरणमा छन् भने केहीको अन्तिम चरणको काम भइरहेको छ । प्रसारण लाइन निर्धारित समयमा पूरा भए उत्पादित विद्युत् प्रणालीमा थप भई जडित क्षमता करिब ३४ सय मेगावाट पुग्नेछ ।’

अहिले प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माण भइरहेका रसुवागढी, सान्जेन, मध्यभोटेकोसी परीक्षणको चरणमा छन् । रसुवागढीको सम्पूर्ण संरचनाको सफलरूपमा परीक्षण (ड्राई टेस्ट) पूरा भएको छ ।

घिसिङका अनुसार अहिले ३५ सय मेगावाटका जलविद्युत् आयोजना निर्माणाधीन छन् । प्राधिकरणले सौर्य विद्युत् र १० मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) खोल्ने निर्णय गरेको छ । सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३