विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । म्याग्दीको मालिका गाउँपालिकामा निर्माणाधीन दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम ३५ प्रतिशत सकिएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण सुरु गरेको २५ मेगावाटको आयोजनाको २८५० मध्ये ९८५ मिटर सुरुङ खनिएको हो ।

आयोजनाको सुरुङ एउटा मात्रै अडिटबाट खनिएको आयोजना प्रमुख गोपाल रेग्मीले बताए । उनका अनुसार थप मेसिन, उपकरण र जनशक्ति व्यवस्थापन गरेर दुई ठाउँबाट सुरुङमार्ग बनाउने तयारी भइरहेको छ ।

‘यसअघि एउटा अडिटबाट मात्रै सुरुङ खन्ने काम भइरहेकोले यसको प्रगति न्यून छ,’ उनले बिहीबार ऊर्जा खबरसँग भने, ‘अहिले दोस्रो अडिटबाट पनि सुरुङ खन्ने तयारी भइरहेको छ, माघ २० गतेदेखि दुई ठाउँबाट खन्न सुरु गर्छौ ।’

सुरुङ निर्माणका लागि बिस्फोटक पदार्थ समयमा उपलब्ध नहुँदा पनि मुख्य सुरुङ निर्माणको कामले गति लिन नसकेकाे उनले जानकारी दिए । सुरुङको काम आगामी १ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जानकारी दिएकाे छ ।

अहिले आयोजनास्थलमा कर्मचारी आवासगृहतर्फको काम भइरहेको छ । यस आयोजनाको सुरुङबाहेक विद्युत् गृह र बाँध क्षेत्रतर्फ कुनै काम सुरु भएको छैन । यसका लागि एक महिनाभित्र ठेक्का टुङ्गो लाग्ने पनि रेग्मीले बताए । ठेक्का सम्झौता भएलगतै आयोजनाको संरचना निर्माणको काम सुरु हुनेछ । संरचना निर्माण सुरू गर्नुपूर्वकाे सबै काम पूरा भइसकेकाे छ ।

मालिका–५ देवीस्थान र ७ बिमको सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको सुरुङमार्गबाट ल्याइने पानीलाई दुखुबेँसीमा रहने आउटलेटबाट बालौटेमा निर्माण हुने विद्युत् गृहमा खसाली बिजुली उत्पादन गर्ने तयारी गरेकाे छ ।

आयोजना सम्पन्न गर्न ५ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा ३० प्रतिशत प्रवर्द्धक र सर्वसाधारणको सेयर लगानी रहने छ, भने अन्य बैंक तथा वित्तीय संस्थाको ऋण लगानी रहनेछ ।

आयोजनाको सबै काम पूरा गरी २ वर्ष भित्र उत्पादन थाल्ने लक्ष्य रहेको रेग्मीले बताए । आयोजनाबाट उत्पादित विद्युत् ६ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको डाँडाफेद सबस्टेसनमा जोडिने छ । यो सबस्टेसन निर्माणाधीन छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३