विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुदुरपश्चिम प्रदेशको बझाङ जिल्लामा अध्ययनको चरणमा रहेको २१० मेगावाटको चैनपुर सेती अर्धजलाशय जलविद्युत आयोजनाको एडिट टनेल निर्माण गर्न मल्टी इन्फ्रास्ट्रकचर-हिमाल हाइड्रो जेभीलाई छनोट गरिएको छ । २०७९ मंसिर १६ गते प्रकाशित सूचना बमोजिम प्राविधिक प्रस्ताव सफल भएको बोलपत्र दाताहरूको आर्थिक प्रस्तावहरू मूल्यांकन गरी उक्त बोलपत्र छनोट गरिएको हो ।

प्राविधिक प्रस्ताव सफल भएको बोलपत्र दाताको आर्थिक प्रस्ताव सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिल नियमावली २०६४ तथा नेपाल विद्युत प्राधिकरणको आर्थिक प्रशासन विनियमावली २०६८ (सं.स) बमोजिक मूल्यांकन गरी न्यूनतम मुल्यांकित सारभूत बोलपत्र छनोट गरिएको प्राधिकरणले जनाएको छ ।

यो आयोजना सूदुरपश्चिम प्रदेशको बझाङ जिल्लामा पहिचान भएको अर्धजलाशय आयोजना हो । जिल्लाको साइपाल र तलकोट गाउँपालिकामा संरचना रहने गरी आयोजना निर्माण हुनेछ । यसमा १३ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । यसलाई कम लागतमा बढी प्रतिफल दिने आयोजनाका रुपमा हेरिएको छ ।

यो आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा सुख्खायाममा पनि दैनिक ६ घन्टासम्म पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ । आयोजना निर्माण गर्न ब्याज बाहेक ३६ अर्ब ५४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३