विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बिपीसी) काे नाफा घटेकाे छ । बिपिसीकाे पनि लगानी रहेकाे ६० मेगावाटकाे खिम्ती जलविद्युत केन्द्रकाे आधा स्वामित्व नेपाल विद्युत प्राधिकरणमा गएपछि डलरमा आउने लाभांश घटेपछि वार्षिक आम्दानी पनि घटेकाे हाे ।

बिपिसीले शुक्रबार सार्वजनिक गरेकाे गत आर्थिक वर्ष (२०७७/७८) को वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी र खुद नाफा दुवैमा गिरावट आएकाे छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा ५० करोड ४६ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो अघिल्लो आर्थिक वर्ष (२०७६/७७) को तुलनामा २१ करोड ४८ लाख ४७ हजार रुपैयाँ कम हो । अघिल्लो वर्ष ७१ करोड ९७ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले यो अवधिमा विद्युत बिक्रीबाट ६४ करोड ९४ लाख ८७ हजार रुपैयाँ आम्दानी गरेको छ । पानीको बहाव र नेपाल विद्युत प्राधिकरणसँगको स्थिर दरकाे पिपिएका कारण विद्युत बिक्री आम्दानी घटेको कम्पनीले जनाएको छ ।

जलविद्युत विकासमा सशक्त र संगठितरूपमा अघि बढिरहेको बिपिसीले हालसम्म २६.६ मेगावाटका चार आयोजना सञ्चालन गरिरहेको छ । यस्तै, ३७.६ मेगावाटको काबेली ‘ए’ र ३० मेगावाटको न्यादी निर्माणाधीन छन् । सय मेगावाटको तल्लो मनाङ मर्स्याङ्दी अध्ययन भइरहेको छ । नर्वेजियन लगानीमा निर्माण भएको ६० मेगावाटको खिम्तीमा बिपिसीको १६.८८ प्रतिशत सेयर स्वामित्व छ ।

अरुण काबेलीले ७ करोड रुपैयाँ खुद नाफा कमायो

अरुण काबेली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षमा ८ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढी हो । विद्युत बिक्री आम्दानी घटेपनि अन्य स्रोतबाट हुने आम्दानी बढेसँगै कम्पनीको नाफा बढेको छ । यो अवधिमा कम्पनीको विद्युत बिक्रीबाट ५ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

राधी विद्युत कम्पनीले पनि ६ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको । यो कम्पनीको पनि खुद नाफा अघिल्लो वर्षको तुलनामा घटेको छ । अघिल्लो वर्ष ७ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले यो अवधिमा विद्युत बिक्रीबाट १२ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष १५ करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको थियो । आयोजनाको विद्युत प्रवाह हुने नेपाल विद्युत प्राधिकरणको ३३ केभी लाइमा बारम्बार आएको समस्याले प्रत्यक्ष असर ४.५ मेगावाटको राधी सानामा परेकोले आम्दानी घटेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit